एकाइ १४ · बालक्लब

बालक्लब

सामाजिक अध्ययनविषय
१२ minअनुमानित समय

यस पाठका शब्द धेरै गाह्रा छैनन्, तर केही शब्दको ठिक अर्थ नबुझी उत्तर अपुरो हुन्छ। तल दिइएका अर्थ पढ्नुहोस्।

शब्दअर्थ
बालक्लबबालबालिकाको चौतर्फी विकासका लागि उनीहरूलाई सङ्गठित गरेर बनाइएको समूह
कर्णधारडुङ्गा हाँक्ने व्यक्ति, अर्थात् भविष्यमा नेतृत्व गर्ने
चौतर्फी विकासएउटा पक्षमा मात्र नभई सबै पक्षमा हुने विकास
सर्वाङ्गीण विकासशरीर, मन, ज्ञान र व्यवहार सबै पक्षको विकास
सङ्गठित हुनुउद्देश्य र जिम्मेवारीसहित मिलेर बस्नु
सक्षमताकाम गर्न सक्ने क्षमता
दक्षताकुनै काममा हासिल गरिएको सिप र निपुणता
प्रवर्धनबढाउने र अगाडि बढाउने काम
सामाजिकीकरणसमाजमा मिलेर बस्ने तौरतरिका सिक्ने प्रक्रिया
सिर्जनात्मकनयाँ कुरा बनाउने वा सोच्ने खालको
आपसी सञ्चार सिपआफ्नो कुरा राख्न र अरूको सुन्न सक्ने सिप
सामूहिकतामिलेर काम गर्ने भावना
नेतृत्वसमूहलाई अगुवाइ गर्ने काम
सचेतनाजानकारी र होस पुर्‍याउने अवस्था
बालविवाहकानुनले तोकेको उमेर नपुग्दै गरिने विवाह
बाल अधिकारबालबालिकाले पाउनुपर्ने हक
वृक्षरोपणबिरुवा रोप्ने काम
बचतखर्च नगरी जम्मा गरिएको रकम
प्राथमिकता क्रमकुन काम पहिले र कुन पछि गर्ने भन्ने क्रम
वार्षिक कार्ययोजनावर्षभरि कुन बेला के गर्ने भन्ने लिखित योजना
सुसूचित गराउनुराम्ररी जानकारी दिनु
चारित्रिक विकासआचरण र व्यवहारमा हुने असल परिवर्तन
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।