एकाइ १२ · राष्ट्रको सम्मान र राष्ट्रियताको जगेर्ना

राष्ट्रको सम्मान र राष्ट्रियताको जगेर्ना

सामाजिक अध्ययनविषय
१४ minअनुमानित समय

यस पाठका शब्द ठुला र अमूर्त छन्। अर्थ पढेर मात्र पुग्दैन, हरेक शब्दलाई कुन घेराको हो भनी सम्झनुहोस्।

शब्दअर्थ
राष्ट्रविविधतामा रमाउने र देशको हित तथा भलाइमा आस्थावान् रही एकताको सूत्रमा आवद्ध जनता समष्टिमा
राष्ट्रियताराज्य र राष्ट्रप्रतिको लगाव
राष्ट्रिय अखण्डतानागरिक सधैँ मिलेर बस्नु, देश नटुक्रिनु
आत्मसम्माननागरिकले आफूलाई गौरव गर्न सक्ने परिस्थितिको विकास हुनु
स्वाभिमानआफ्नै परिश्रम र मिहिनेतमा निर्धक्क जिउन सक्नु
सार्वभौमिकताराज्यको स्वतन्त्र हैसियत, पूर्ण स्वतन्त्रता
सहअस्तित्वअरूको हैसियत, पहिचान र उपस्थितिलाई सम्मान गर्नु
समष्टिसबै मिलेर बनेको पूरै रूप
आस्थावान्विश्वास र निष्ठा राख्ने
बहुजातीयधेरै जातजाति रहेको
बहुभाषिकधेरै भाषा बोलिने
समावेशितासबै पक्षलाई सहभागी गराउने व्यवस्था
सामाजिक न्यायसबैले आफ्नो हक र अवसर पाउने अवस्था
प्रत्याभूतिपक्का हुने गरी दिइने आश्वासन र सुनिश्चितता
हैसियतअवस्था र स्थान
हिनताबोधआफूलाई अरूभन्दा कम ठान्ने भावना
स्वनिर्भरताआफ्नै भरमा चल्न सक्ने अवस्था
पौरखआफ्नै मिहिनेत र बल
उपनिवेशअर्को देशको अधीनमा रहेको भूभाग
अधीनस्थअर्काको नियन्त्रणमा रहेको
निहितभित्रै रहेको, अन्तर्निहित
पञ्चशीलदेशहरूबिचको सम्बन्धका पाँच सिद्धान्त, जसमा सहअस्तित्व पनि पर्छ
संवर्धनबढाउने र उन्नत बनाउने काम
जगेर्नाजोगाएर राख्ने काम
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।