१पहिरनअन्तर्गत पर्ने कुराहरू के के हुन्? सूची बनाउनुहोस्।
२किन परिकारहरू स्थान, समय, जाति र धर्मअनुसार फरक फरक हुन्छन्?
३पहिरन र परिकारको महत्त्वलाई बुँदागत रूपमा लेख्नुहोस्।
४परिकार भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
५भेगअनुसार पहिरन किन फरक हुन्छ? हावापानीसँग जोडेर लेख्नुहोस्।
६पहिरन र परिकारले पहिचान कसरी बोक्छन्?
७चामलको पिठोबाट बन्ने तीन परिकारका नाम लेख्नुहोस् र यसले के देखाउँछ भन्नुहोस्।
८पहिरनका सन्दर्भमा कुन कुरामा चनाखो हुनुपर्छ र किन?
९अवसरअनुसार बनाइने पाँच परिकारका नाम लेख्नुहोस्।
१०हिमाली, पहाडी र तराई भेगका परिकारमा के फरक छ?