१धार्मिक संस्कार भनेको के हो?
२कुनै पाँच धार्मिक सम्प्रदायले गर्ने मुख्य मुख्य धार्मिक गतिविधिहरूको सूची बनाउनुहोस्।
३सबै धर्मका मिल्दा गतिविधिहरूलाई बुँदागत रूपमा लेख्नुहोस्।
४तपाईंले मान्दै आएको धार्मिक संस्कारले समाजमा पारेको सकारात्मक प्रभाव उल्लेख गर्नुहोस्।
५धर्म शब्दका दुई अर्थ के के हुन्? उदाहरणसहित लेख्नुहोस्।
६भक्तिले व्यक्तिलाई के फाइदा पुर्याउँछ?
७धार्मिक सहिष्णुता भनेको के हो? यो किन आवश्यक छ?
८धार्मिक हुनका लागि विशेष दिन र विशेष ठाउँ नै चाहिन्छ? आफ्नो विचार लेख्नुहोस्।
९विभिन्न धर्मका गतिविधि मिल्नुको अर्थ धर्महरू एउटै हुन् भन्ने हो? प्रस्ट पार्नुहोस्।
१०यस एकाइका तीन पाठ कसरी एकअर्कासँग जोडिएका छन्?