१आमा कविताका कवि को हुन्? यो कस्तो कविता हो?
२आमाले मुटुको टुक्रालाई कहाँ अटाउँछिन्? यसको अर्थ के हो?
३बालकको जिन्दगी कसरी बन्छ भनी कविले भनेका छन्?
४आमा कविताको बनोट कस्तो छ?
५धर्तीमै छ सबै चिज खोजे मिल्छ घरी घरी, तर जन्म दिने आमा पाइँदैन कसै गरी। यसको व्याख्या गर्नुहोस्।
६आमा कवितामा कविले आमाका सम्बन्धमा व्यक्त गरेका विचार कस्ता छन्?
७समूहवाची शब्द भनेको के हो? पाँच उदाहरण दिनुहोस्।
८समूहवाची शब्द साट्न मिल्छ कि मिल्दैन?
९नामयोगी र क्रियायोगी शब्द भनेको के हो?
१०ध्यानाकर्षण भनेको के हो? यो गुनासोभन्दा कसरी फरक छ?