१जनसङ्ख्याको परिचय दिनुहोस्।
२'जनसाङ्ख्यिकी' को अर्थ प्रस्ट पार्नुहोस्।
३बसाइँसराइले जनसङ्ख्यामा कसरी परिवर्तन ल्याउँछ? आफ्नो तर्क प्रस्तुत गर्नुहोस्।
४भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्या फरक हुन्छ, किन?
५बसाइँसराइका कारणहरू छोटकरीमा वर्णन गर्नुहोस्।
६तपाईंको समुदायमा विगत छ महिनाको अवधिमा भएका जन्म, मृत्यु र बसाइँसराइका घटनाको तथ्याङ्क सङ्कलन गरी त्यसलाई वृत्त चित्र (Pie Chart) मा देखाउनुहोस्।
७जनसाङ्ख्यिकीका तत्त्वहरू कति र के के हुन्? प्रत्येकले जनसङ्ख्यामा पार्ने असर लेख्नुहोस्।
८जन्म भनेको के हो? स्पष्ट पार्नुहोस्।
९जनसङ्ख्याको महत्त्व चार बुँदामा लेख्नुहोस्।
१०मृत्युदर घट्नुले कुनै ठाउँको कस्तो अवस्था देखाउँछ?
११गाउँमा भन्दा सहरमा जनसङ्ख्या चाप किन बढी हुन्छ?