१नेपालमा पाइने प्रमुख वनस्पतिहरूको नाम लेख्नुहोस् ।
२तपाईंको समुदायमा पाइने वनस्पतिहरू कुन कुन हुन् ?
३पहाडी प्रदेशमा पाइने बोट बिरुवाको पात झर्नुको कारण के हो ?
४तपाईंको समुदायमा वन संरक्षण गर्न के के प्रयासहरू भएका छन् ?
५भौगोलिक क्षेत्रअनुसार वनस्पतिको विविधता छ, पुष्टि गर्नुहोस् ।
६कोणधारी वनस्पतिका पात सियो जस्ता चुच्चा हुनुले के फाइदा गर्छ ?
७लेकाली वनस्पति क्षेत्रमा ठूला रुख किन पाइँदैनन् ?
८वनजङ्गलले हावा सफा राख्न कसरी सघाउँछ ?
९हिउँ चितुवा कुन कुन वनस्पति क्षेत्रमा पाइन्छ ?
१०वन विनाश हुँदा माटोमा के असर पर्छ ?