एकाइ ४७ · प्राकृतिक सम्पदा र मानव सम्बन्ध

प्राकृतिक सम्पदा र मानव सम्बन्ध

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१हावापानी र मानव जीवनबिचको सम्बन्ध चारओटा बुँदामा लेख्नुहोस्।
२तपाईंको स्थानीय निकाय वा प्रदेशमा अवस्थित मुख्य नदीहरू र तिनको उपयोगको अवस्था उल्लेख गर्नुहोस्।
३नेपालको तराई क्षेत्रमा पाइने हावापानी र मानवजीवनसँगको सम्बन्ध लेख्नुहोस्।
४प्राकृतिक वनस्पतिको महत्त्व चर्चा गर्नुहोस्।
५वनजङ्गल विनाशका कारण र समाधानका उपायहरू लेख्नुहोस्।
६पानी भएन भने हामी बाँच्न सक्दैनौँ तर अहिले कतिपय पहाडी क्षेत्रमा पानीका स्रोतहरू सुकेर मानिसहरू बसाइँ सर्न थालेका छन्। यस्तो अवस्थामा पानीका स्रोत जोगाउन के गर्नुपर्ला?
७नदीनाला र मानव जीवनबिच अन्योन्याश्रित सम्बन्ध छ भन्ने कुरा कसरी पुष्टि हुन्छ?
८हिमाली भेगका घरहरू साना, थेप्चा छाना भएका र थोरै झ्यालढोका भएका किन बनाइन्छन्?
९प्राकृतिक सम्पदा भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
१०वनस्पतिले पानीका स्रोत र माटो कसरी जोगाउँछ?