एकाइ ४९ · नक्सा अध्ययन

नक्सा अध्ययन

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नक्सा भनेको के हो ?
२स्केल भनेको के हो ?
३नक्सामा निम्नलिखित तथ्यहरू कस्तो सङ्केतद्वारा देखाइन्छ, सङ्केतमा देखाउनुहोस्: मन्दिर, नदी, विद्यालय, पर्वत चुचुरो, सडक, ताल।
४तपाईंको घरबाट विद्यालय जाने बाटोको नक्सा बनाउनुहोस्।
५तपाईं बस्ने वडाको नक्सा खोजी गरी धार्मिक, सांस्कृतिक तथा भौगोलिक तथ्यहरू भर्नुहोस्।
६१ से.मि. = ५० कि.मि. स्केल भएको नक्सामा दुई ठाउँबिचको दुरी ६ से.मि. छ भने वास्तविक दुरी कति हुन्छ ?
७मान्यता शर्माको ठाउँको प्रशासनिक परिचय दिनुहोस्।
८वनपालो र बैंसी भनेको के हो ?
९नक्सामा सङ्केत किन प्रयोग गरिन्छ ?
१०कुरुले तेनुपाका छिमेकी गाउँ कुन कुन हुन् र भोलुङ्गे पुल कहाँ पर्छ ?