एकाइ ३४ · हाम्रा आर्थिक क्रियाकलाप : परिचय र महत्त्व

हाम्रा आर्थिक क्रियाकलाप : परिचय र महत्त्व

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१आर्थिक क्रियाकलापको अर्थ प्रस्ट पार्नुहोस्।
२आर्थिक क्रियाकलाप वा गतिविधिको सूची तयार पार्नुहोस्।
३आर्थिक क्रियाकलापको महत्त्व उल्लेख गर्नुहोस्।
४आर्थिक क्रियाकलापले स्थानीय स्रोतसाधनको सदुपयोग गर्न कसरी मदत गर्छ ? कुनै स्थानीय स्तरको उदाहरण खोजी गरी प्रस्तुत गर्नुहोस्।
५आर्थिक क्रियाकलापले मानिसको जीवनस्तरमा भएको परिवर्तनको घटना समेटी एक समाचारको नमुना तयार पार्नुहोस्।
६आर्थिक क्रियाकलापले देशको आर्थिक विकासमा कसरी सहयोग पुऱ्याउँछ भन्ने विषयमा वक्तृता तयार पार्नुहोस्।
७आफ्नो समुदायका मानिसहरू संलग्न आर्थिक गतिविधि र उहाँहरूको जीवनस्तरमा भएको सकारात्मक परिवर्तनका नमुना सङ्कलन गरी कथा तयार पार्नुहोस् र साथीलाई सुनाउनुहोस्।
८दिनेश चेपाङको मह व्यवसायमा प्रशोधनको तरिका फेरिँदा के के फरक पर्‍यो ?
९होमस्टेबाट भएको आम्दानीको १० प्रतिशत रकम के गरिन्छ ? यसले के फाइदा पुऱ्याउँछ ?
१०आर्थिक क्रियाकलापका क्षेत्रमा परम्परागत र अचेलको फरक छुट्याउनुहोस्।
११आर्थिक गतिविधिका एक क्षेत्रको विकासले अर्को क्षेत्रलाई कसरी सघाउ पुऱ्याउँछ ? उदाहरणसहित लेख्नुहोस्।