१कृषि व्यवसायअन्तर्गतका गतिविधिको सूची तयार पार्नुहोस् ।
२घरेलु उद्योगको परिभाषा दिई यसको महत्त्वसमेत उल्लेख गर्नुहोस् ।
३नेपालमा उद्योगको महत्त्व बुँदागत रूपमा प्रस्ट पार्नुहोस् ।
४कृषि आर्थिक विकासको आधार हो भनी दुई साथीबिचको संवाद तयार गरी संवादसमेत गर्नुहोस् ।
५नेपालमा कृषिको विकास सोचेअनुसार हुन सकेको छैन, किन ? कक्षामा छलफल गर्नुहोस् ।
६आफ्नो समुदायमा कृषि क्रियाकलापअन्तर्गत कस्ता कस्ता गतिविधिमा मानिसहरू संलग्न छन्, खोजी गरी प्रतिवेदन तयार पार्नुहोस् ।
७आर्थिक क्रियाकलाप भनेको के हो ? दुई उदाहरण दिनुहोस् ।
८सबै ठाउँमा एउटै बाली उत्तिकै किन फल्दैन ? उदाहरणसहित लेख्नुहोस् ।
९कृषि विकासका लागि सरकारले के के काम गरेको छ ?
१०कृषि र उद्योग एकअर्काका सहयोगी हुन् भन्ने कुरा प्रस्ट पार्नुहोस् ।
११लगानीका आधारमा उद्योगका कति प्रकार छन् ? नेपालमा कस्ता उद्योग बढी छन् ?