एकाइ ३२ · सामाजिक तथा आर्थिक उपलब्धि: वि.सं. २००७ देखि हालसम्म

सामाजिक तथा आर्थिक उपलब्धि: वि.सं. २००७ देखि हालसम्म

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नेपाल राष्ट्र बैङ्कको स्थापना कहिले भयो ?
२विकास योजनाको परिचय दिनुहोस् ।
३यातायात र सञ्चारको विकासमा भएको परिवर्तनका उदाहरण दिनुहोस् ।
४शिक्षाको विकासबाट तपाईंको समाजमा परेका सकारात्मक परिवर्तनको सूची बनाउनुहोस् ।
५तपाईंको समुदायमा आर्थिक परिवर्तन वा उपलब्धिको कस्तो प्रभाव परेको छ, कक्षामा छलफल गर्नुहोस् ।
६तपाईंको समुदायमा स्थानीय स्रोत साधनको प्रयोग कसरी भइरहेको छ, जोडी जोडीमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
७२०६२/०६३ को जनआन्दोलनपछि आफ्नो समुदायमा भएका आर्थिक तथा सामाजिक परिवर्तनको सूची तयार पार्नुहोस् र समूहगत रूपमा कक्षामा छलफल गर्नुहोस् ।
८सामाजिक उपलब्धि र आर्थिक उपलब्धि बिचको फरक लेख्नुहोस् ।
९शैक्षिक विकासका मुख्य उपलब्धिहरू क्रमैसँग लेख्नुहोस् ।
१०जनसहभागिता भनेको के हो ? यसले विकासमा कस्तो सहयोग पुर्‍याउँछ ?
११नेपालका कुन कुन ठाउँमा ठुला उद्योगहरू खुले ? उद्योगको विकासले व्यापारमा कस्तो असर पार्‍यो ?
१२संविधान र कानुनले गरेको कुन व्यवस्थाले समाजमा सामाजिक न्याय सुनिश्चित गर्‍यो ?