१इस्टइन्डिया कम्पनीको परिचय दिनुहोस्।
२नेपाल अङ्ग्रेजबिच कहिले युद्ध भएको थियो ?
३नेपाल अङ्ग्रेज युद्ध हुनुको प्रमुख कारण के हो ? आफ्नो विचार लेख्नुहोस्।
४सुगौली सन्धिमा हस्ताक्षर गर्ने नेपालीहरू को को हुन् ?
५सुगौली सन्धिपछिका कुनै तीन परिणामहरू उल्लेख गर्नुहोस्।
६नेपाल अङ्ग्रेज युद्धका कुनै चार मोर्चा र तिनमा नेतृत्व गर्ने सेनानायकको नाम लेख्नुहोस्।
७सन्धिको नाम सुगौली सन्धि किन राखियो ?
८नालापानी युद्धलाई नेपाली वीरताको उदाहरण किन मानिन्छ ?
९नेपाल अङ्ग्रेज युद्धको समयमा प्रधानमन्त्री को थिए र युद्धपछि उनले के के काम गरे ?
१०सुगौली सन्धिले नेपालको आन्तरिक राजनीतिमा कस्तो प्रभाव पार्यो ?