१मिथिला नाम कसरी रहन गयो ?
२मिथिला क्षेत्र वर्तमान नेपालको कुन भागमा पर्दछ ?
३मिथिला कला भन्नाले के बुझिन्छ ?
४मिथिला सभ्यताको योगदान चर्चा गर्नुहोस् ।
५मिथिला क्षेत्रमा प्रचलित चित्रकलासम्बन्धी समाचार सङ्कलन गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
६मैथिली महाकवी विद्यापतिको जीवनी सङ्कलन गरेर कक्षामा सुनाउनुहोस् ।
७तपाईंको समुदायमा प्रचलित कुनै सांस्कृतिक पर्वको उत्पत्ति, पर्वका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षहरू खोजी गरेर प्रतिवेदन तयार पार्नुहोस् ।
८मिथिला सभ्यता कुन समयमा विकसित भएको मानिन्छ ?
९मिथिला क्षेत्रका मानिसहरू कृषि पेसामा किन संलग्न थिए ?
१०मिथिलालाई प्राचीन कालको ज्ञान केन्द्र किन भनिन्छ ?
११मिथिला क्षेत्रमा मनाइने चाडपर्व र मेलाबारे लेख्नुहोस् ।
१२मिथिला सभ्यताको प्रभाव आज पनि जीवित छ भन्ने कुरा कसरी थाहा हुन्छ ?