१नेपालमा राणा शासनको अन्त्य कहिले भयो ?
२पहिलो जननिर्वाचित प्रधानमन्त्रीको नाम लेख्नुहोस् ।
३नेपालको संविधान कहिले जारी भएको हो ?
४पञ्चायती शासनलाई किन एकदलीय शासन भनिएको हो, कारण उल्लेख गर्नुहोस् ।
५वि.सं. २०३७ सालको जनमत सङ्ग्रहमा जनतासामु कुन कुन विकल्प राखिएका थिए र परिणाम के आयो ?
६वि.सं. २०४६ सालको जनआन्दोलन कसले सुरु गरेको थियो र त्यसको उपलब्धि के भयो ?
७नेपाल कहिले र कसरी गणतन्त्रात्मक मुलुक भयो ?
८संविधानसभाका लागि दोस्रो निर्वाचन किन गर्नुपरेको थियो ?
९नेपालको संविधान जारी भएपछि वि.सं. २०७४ सालमा कुन कुन निर्वाचन सम्पन्न भए ?
१०एकदलीय व्यवस्था र बहुदलीय व्यवस्थाबिचको दुई फरक लेख्नुहोस् ।