१ट्राफिक नियम भनेको के हो ?
२ट्राफिक नियम पालना गर्दा हुने फाइदाहरू लेख्नुहोस् ।
३ट्राफिक नियमको पालना नगर्दा घट्न सक्ने घटनाको सूची बनाउनुहोस् ।
४तपाईँले ट्राफिक नियमको पालना कसरी गर्ने गर्नुभएको छ ? आफ्नो अनुभव लेख्नुहोस् ।
५ट्राफिक नियमको पालना सम्बन्धमा जनचेतना जगाउने प्लेकार्ड तयार पार्नुहोस् ।
६ट्राफिक नियमको पालना गर्दा व्यक्तिगत सुरक्षामा कसरी सहयोग पुग्छ, समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
७निषेध जनाउने सङ्केत र खतरा जनाउने सङ्केतबिच के फरक छ ?
८पहेँलो बत्तीको अर्थ के हो र बत्ती सङ्केतको क्रम कस्तो हुन्छ ?
९पदयात्रीका लागि राखिने बत्ती सङ्केतले के के जनाउँछन् ?
१०राजमार्गमा डाइभर्सन (DIVERSION) सङ्केत देख्दा चालकले के गर्नुपर्छ ?