१'लोकतन्त्र' लाई परिभाषित गर्नुहोस् ।
२लोकतान्त्रिक मूल्य र मान्यताका विशेषताहरू प्रस्तुत गर्नुहोस् ।
३कक्षामा लोकतान्त्रिक मूल्य र मान्यताको पालना नहुँदा पर्ने प्रभावहरू प्रस्तुत गर्नुहोस् ।
४निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यतालाई कसरी स्थापित गर्छ, दुई साथीबिचको संवादबाट प्रस्ट पार्नुहोस् ।
५तपाईंलाई लोकतान्त्रिक मूल्य र मान्यताको सबैभन्दा राम्रो पक्ष के लाग्छ ? कारणसहित आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
६तपाईंको समुदायमा लोकतान्त्रिक मूल्य र मान्यताको उपयोग कसरी भएको छ ? खोजी गरी बुँदागत रूपमा प्रस्तुत गर्नुहोस् ।
७मौलिक हक भनेको के हो र यसको दुरुपयोग भएमा के हुन्छ ?
८कक्षाकोठाबाटै कार्यान्वयन गर्न सकिने लोकतान्त्रिक संस्कारका पाँच उदाहरण लेख्नुहोस् ।
९हाम्रो देशलाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भनिनुको अर्थ के हो ? यस्तो देशमा लोकतान्त्रिक मूल्य मान्यता कसरी स्थापित हुन्छ ?
१०लोकतन्त्रमा स्वतन्त्रता छ भन्दैमा मन लागेको जे पनि गर्न पाइन्छ ? स्पष्ट पार्नुहोस् ।