एकाइ १४ · हामी नागरिक

हामी नागरिक

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१नागरिकको परिचय दिनुहोस्।
२नागरिक र मतदातामा के भिन्नता छ, उल्लेख गर्नुहोस्।
३तपाईंलाई असल नागरिकमा के कस्ता विशेषता हुनुपर्छ भन्ने लाग्छ, उल्लेख गर्नुहोस्।
४कुनै व्यक्ति त्यस देशको नागरिक भएको कुरा कसरी पहिचान हुन्छ, खोजी गर्नुहोस्।
५असल नागरिकका गुणहरू उल्लेख गर्दै साथीलाई चिठी लेख्नुहोस्।
६आफ्नो छरछिमेकमा बसोबास गरेका व्यक्तिहरूमध्ये अन्य देशका नागरिक भए उनीहरूको नाम, पेसा आदि सोधखोज गरी कक्षामा प्रस्तुत गर्नुहोस्।
७'नागरिक' शब्दको उत्पत्ति कहाँबाट भएको हो ?
८'प्रजा' शब्द किन प्रयोग गरिन्थ्यो र अहिले किन प्रयोग गरिँदैन ?
९निश्चित सीमाभित्र बसोबास गर्ने सबै व्यक्ति त्यो देशका नागरिक हुन्छन् कि हुँदैनन् ? उदाहरणसहित लेख्नुहोस्।
१०नागरिकका अधिकार कहाँ व्यवस्था गरिएका हुन्छन् र त्यसो हुनुको महत्त्व के हो ?
११विद्यार्थी भएर पनि असल नागरिक बन्ने अभ्यास कसरी गर्न सकिन्छ ?