एकाइ १८ · हामी बालबालिका : हाम्रा अधिकार र कर्तव्य

हामी बालबालिका : हाम्रा अधिकार र कर्तव्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१बालअधिकारको परिचय दिनुहोस् ।
२बालअधिकारका मुख्य पक्षहरूको सूची बनाउनुहोस् ।
३तपाईंले आफ्नो अधिकार उपयोग गर्दा के कस्ता कर्तव्यहरू पालना गर्नुपर्छ, उल्लेख गर्नुहोस् ।
४बालअधिकारअन्तर्गत सहभागिताको अधिकारलाई तपाईंले कसरी उपयोग गर्नुभएको छ ?
५तपाईंको समुदायमा बालअधिकारको उपयोग कसरी भएको छ ? कक्षामा साथीहरूलाई सुनाउनुहोस् ।
६तपाईंको समुदायमा बालअधिकारको हनन् कसरी भएको छ, खोजी गरी छोटकरीमा उल्लेख गर्नुहोस् ।
७बालबालिकाको बाँच्न पाउने अधिकारमा परिवारको भूमिका कस्तो हुनुपर्छ ? जोडी जोडीमा छलफल गरी बुँदागत रूपमा लेख्नुहोस् ।
८अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा हुन् । आफ्ना विचार लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
९जन्मदर्ता बालबालिकाको अधिकार हो भनी किन भनिन्छ ? यसले कुन कुन कुराबाट बचाउँछ ?
१०बालअधिकारको संरक्षणका लागि नेपाल सरकारले गरेका प्रयास लेख्नुहोस् ।
११शिक्षाको अधिकारले दलित बालबालिकाका लागि के विशेष व्यवस्था गरेको छ ?
१२बालक्लबले सहभागिताको अधिकार पूरा गर्न कसरी सहयोग गर्छ ?