एकाइ ९ · हाम्रा चाडपर्वहरू

हाम्रा चाडपर्वहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१चाडपर्व भनेको के हो ?
२तपाईंको समुदायमा मनाइने चाडपर्वहरूको नाम लेख्नुहोस् ।
३तपाईंको परिवारले मनाउने चाडपर्वको विवरण प्रस्तुत गर्नुहोस् ।
४चाडपर्वको धार्मिक र सामाजिक महत्त्व उल्लेख गर्नुहोस् ।
५फरक धर्म मान्ने साथीहरूले मनाउने चाडपर्वमा सहभागी हुँदा तपाईंले कस्तो अनुभव गर्नुभयो वा गर्नुहुन्छ होला, लेख्नुहोस् ।
६चासोक ताङनाम पर्व कसले, कहिले र कसरी मनाउँछ ?
७तीन प्रकारका ल्होसारको नाम, मनाउने जाति र मनाउने समय लेख्नुहोस् ।
८छठ पर्व कहिले र कसरी मनाइन्छ ? यस पर्वले समाजलाई के दिन्छ ?
९गतेअनुसार मनाइने पर्व र तिथिअनुसार मनाइने पर्व के फरक छ ? उदाहरण दिनुहोस् ।
१०इस्लाम धर्म मान्ने समुदायका चाडपर्वमा कस्ता कस्ता काम गरिन्छन् ?