१अनुशासन भनेको के हो ?
२आत्मअनुशासन किन आवश्यक हुन्छ ?
३मर्यादित व्यवहारमा कुन कुन व्यवहार पर्छन् ?
४कक्षामा अनुशासित भएर बस्नु भयो भने तपाईंलाई के फाइदा हुन्छ ?
५सहयोग, सहकार्यबाट हुने फाइदाहरू समावेश गरी साथीलाई चिठी लेख्नुहोस् ।
६दैनिक व्यवहारमा तपाईंले पालना गर्ने आत्मअनुशासनका गतिविधिहरूको सूची बनाउनुहोस् ।
७गोठालोको कथाबाट तपाईंले के शिक्षा पाउनुभयो ?
८साँचो बोल्नु र विचार गरेर बोल्नु विषयमा आफ्ना विचार बुँदागत रूपमा लेख्नुहोस् ।
९सत्य बोल्दाका फाइदाहरू सम्बन्धमा साथीहरूसँग छलफल गर्नुहोस् र निष्कर्ष कक्षामा सुनाउनुहोस् ।
१०अनुशासन र आत्मअनुशासन बिचको भिन्नता लेख्नुहोस् ।
११संयमता र सभ्य आचरण भनेको के हो ? खानपानसँग जोडेर लेख्नुहोस् ।
१२सत्कार्यले समाजलाई कस्तो लाभ पुर्याउँछ ?