एकाइ ५ · स्थानीय तहमा विकास कार्यहरू

स्थानीय तहमा विकास कार्यहरू

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१विकास कार्य भनेको के हो ?
२तपाईं बस्ने समुदायमा गाउँपालिका वा नगरपालिकाले गरेका विकासका कार्यको सूची बनाउनुहोस् ।
३तेमाल गाउँपालिकामा भएका विकासका मुख्य कार्यहरू के के हुन्, सूची बनाउनुहोस् ।
४तपाईं बस्ने गाउँपालिका वा नगरपालिकाले विपद् व्यवस्थापनका लागि गरेका प्रयासहरू उल्लेख गर्नुहोस् ।
५वातावरण संरक्षणमा जनसहभागिता शीर्षकमा समाचारको नमुना तयार पार्नुहोस् ।
६स्थानीय निकायले पर्यटन प्रवर्धन गर्न के कस्ता गतिविधि गरेको पाइन्छ, खोजी गरेर लेख्नुहोस् ।
७समूह बनाई फरक फरक टोल वा गाउँमा गएर स्थानीय तहले गरेका विकास निर्माणले पुगेको फाइदा सोधी प्रतिवेदन तयार गर्नुहोस् ।
८न्यायिक समितिको काम के हो र यसबाट जनतालाई के फाइदा भएको छ ?
९शिक्षाको क्षेत्रमा स्थानीय तहले गर्ने कामहरू लेख्नुहोस् ।
१०विकास आयोजनाको छनोटमा सबै जातजाति र समुदायको सहभागिता किन आवश्यक हुन्छ ?