१तलका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : आकर्षित, प्रतिभा, प्रवास, शताब्दी, कर्णप्रिय, अभिनन्दन
२दिइएका शब्द शुद्धसँग उच्चारण गरी कापीमा सार्नुहोस् : व्याकुल, पङ्क्ति, पुख्र्यौली, साङ्गीतिक, वरिष्ठ, महेन्द्र, सम्हालेर, कुञ्जिनी, शताब्दी, छिन्नलता, हङकङ, सङ्घसंस्था
३अम्बर गुरुङसँग सम्बन्धित तलका विषयवस्तुलाई घटनाक्रमका आधारमा क्रममा राख्नुहोस् : 'म अम्बर हुँ' र 'सम्हालेर राख' गीतहरू गाउनु; नेपाल प्रज्ञा प्रतिष्ठानमा सङ्गीतज्ञका रूपमा काम गर्न थाल्नु; अम्बर गुरुङको जन्म दार्जिलिङको मिलिङ चिया कमानमा हुनु; 'सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली....' राष्ट्रिय गानमा सङ्गीत भर्नु; दार्जिलिङकै टर्नबुल विद्यालयमा प्रारम्भिक शिक्षा पूरा गर्नु; नेपाल प्रज्ञा प्रतिष्ठानका सङ्गीत प्रमुखका रूपमा काम गर्दागर्दै अवकाश लिनु; अगमसिंह गिरीद्वारा रचित 'नौ लाख तारा उदाए...' गीत कलकत्तामा रेकर्ड गराउनु
४अम्बर गुरुङको जन्म कहाँ भएको हो ?
५अम्बर गुरुङको साङ्गीतिक यात्रा कहिलेदेखि सुरु भएको हो ?
६'नौ लाख तारा उदाए...' बोलको गीत कहाँ रेकर्ड गराएका थिए ?
७अम्बर गुरुङले नेपाल प्रज्ञा प्रतिष्ठानमा सङ्गीतज्ञका रूपमा कहिलेदेखि काम गर्न थाले ?
८राष्ट्रकवि माधव घिमिरेको कुन कृतिमा अम्बर गुरुङको साङ्गीतिक जादु प्रस्तुत भएको छ ?
९अम्बर गुरुङको बाल्यकाल कसरी बित्यो ?
१०अम्बर गुरुङले कुन कुन सङ्घसंस्थामा आबद्ध भएर कार्य गरे ?
११अम्बर गुरुङले कुन कुन गीतमा सङ्गीत भरेका थिए ?
१२अम्बर गुरुङले प्राप्त गरेका मानसम्मान र उपाधिहरू के के हुन् ?
१३अम्बर गुरुङको जीवनीबाट के शिक्षा पाइन्छ ?
१४नेपाली गीत सङ्गीतका क्षेत्रमा सङ्गीतकार अम्बर गुरुङले कस्तो योगदान पुर्याएका छन्, लेख्नुहोस् ।
१५अम्बर गुरुङ नेपाली सङ्गीतका त्रिवेणी हुन् । यस भनाइलाई जीवनीका आधारमा पुष्टि गर्नुहोस् ।
१६गायिका तारादेवीको जीवनीसम्बन्धी मुख्य मुख्य पाँचओटा बुँदा टिप्नुहोस् ।
१७देशको नामुद कलाकार वा साहित्यकार तपाईंको विद्यालयमा आउनुभयो । उहाँ कुनै एउटा जटिल रोगले पीडित पनि हुनुहुन्छ । अब कुनै कार्यक्रममा तपाईं एक उद्घोषकका हिसाबले उहाँलाई स्वागत कसरी गर्नुहुन्छ र उहाँका लागि सहयोग गर्न कसरी आह्वान गर्नुहुन्छ, बताउनुहोस् ।
१८तलका समावेशक शब्दसँग सम्बन्धित चार चारओटा समावेश्य शब्द लेख्नुहोस् : किताब, फूल, चरा, लुगा, गहना, भाँडावर्तन, नदी, अन्न
१९तलका समावेश्य शब्दहरूसँग सम्बन्धित समावेशक शब्द लेख्नुहोस् : (क) आलु, काउली, लौका (ख) गण्डकी, कर्णाली, कोसी (ग) सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण (घ) जिप, बस, ट्रक
२०दिइएको अनुच्छेद पढ्नुहोस् र सही लेख्य चिह्नहरू राखी अनुच्छेद पूरा गर्नुहोस् : भाइ तिमी कहिले आयौ अनि सहरबाट मलाई के के ल्याइदियौ फलफूल मिठाई र नरिवल त ल्यायौ नै होला हजुरबुबा र हजुरआमालाई गुदपाक मन पर्छ त्यो पनि ल्याएकै हुनुपर्छ
२१( । ) ( ? ) ( , ) ( ! ) ( - ) चिह्न प्रयोग गरी एक एक वाक्य बनाउनुहोस् ।
२२मूल पाठबाट 'ब' लागेका दशओटा र 'व' लागेका दशओटा शब्द टिप्नुहोस् ।
२३दिइएका बुँदाका आधारमा लक्ष्मीप्रसाद देवकोटाको छोटो जीवनी तयार पार्नुहोस् ।
२४आफ्नो टोल, समुदायमा रहेका देशका लागि महत्त्वपूर्ण योगदान दिने व्यक्तिका बारेमा एउटा छोटो जीवनी तयार पारी कक्षामा सुनाउनुहोस् ।
२५अम्बर गुरुङलाई प्रयोगशील सङ्गीतकार किन भनिन्छ ?
२६'नौ लाख तारा उदाए..' गीतमा कस्तो भाव व्यक्त भएको छ र त्यस गीतले अम्बर गुरुङको जीवनमा कस्तो मोड ल्यायो ?
२७समावेशक र समावेश्य शब्द भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।
२८जीवनी लेख्दा कुन कुन भाग समेट्नुपर्छ ? क्रमसँग लेख्नुहोस् ।
२९अम्बर गुरुङका पिताको इच्छा र आमाको प्रेरणाबिच के फरक थियो ? त्यसको परिणाम के भयो ?