१दिइएका उत्तर आउने वाक्यका आधारमा प्रश्न बनाउनुहोस्: (क) मेरो छोरो ज्ञानी छ। (ख) नकुलले हजुरआमाको हातबाट दुधको गिलास लियो। (ग) नकुल विद्यालय जाने तयारीमा जुत्ता लगाउँदै थियो। (घ) नकुल झोला बोकेर घरबाहिर निस्कियो। (ङ) सबै जना बसबाट हुरुरु तल ओर्लिए।
२हजुरआमाले नातिलाई कहिलेका लागि स्विटर बुनिदिन लाग्नुभएको हो?
३मिलनले नकुललाई के सोध्यो?
४नकुल विद्यालयबाट हरेक महिना कहाँ जान्छ?
५'मायाको घर' भन्ने ठाउँ कस्तो रहेछ?
६मायाको घरमा कस्ता मानिसहरू बस्दा रहेछन्, पाठका आधारमा लेख्नुहोस्।
७'मायाको घर' कथाका आधारमा हर्कजितको चरित्र चित्रण गर्नुहोस्।
८मायाको घरबाट फर्केपछि मिलनले कसरी हजुरबुबालाई भेट्यो होला, अनुमानका आधारमा एक अनुच्छेद लेख्नुहोस्।
९भ्रमणसम्बन्धी दिइएको अनुच्छेदको सारांश लेख्नुहोस्।
१०दिइएका अनुकरणात्मक शब्दसँग मिल्ने क्रियाको जोडा मिलाउनुहोस्: घटघटी, टक्क, सुँक्कसुँक्क, मुसुमुसु, पुलुक्क, झलझली।
११तलका अनुकरणात्मक शब्दसँग मिल्ने क्रिया लेख्नुहोस्: स्वाट्टै, धुमधुमती, बरर, भुसुक्कै, हुरुरु, कपाकप।
१२दिइएका मिल्ने शब्द लेखी खाली ठाउँ भर्नुहोस्। (झलमल, भलभली, गल्र्याम्म, दरर, धुम्म, मुसुक्क, सिरिङ्ग)
१३तलका अनुकरणात्मक शब्द प्रयोग गरी वाक्य बनाउनुहोस्: प्याट्ट, फुत्त, सुलुलु, भुलुक्क, स्वात्त, क्वाप्प।
१४तलका वाक्यले कुन अर्थ (सामान्यार्थ वा आज्ञार्थ) बुझाउँछन्, लेख्नुहोस्: (क) उनीहरू पढ्न थाले। (ख) तिमी आज धेरै नखेल। (ग) तिमी पनि धेरै खेल्दैनौ। (घ) तँ घरभित्रै बस्। (ङ) हामी बजार गयौँ। (च) उनीहरू कथा लेख्छन्। (छ) तिमीहरू भात खाओ।
१५खाली ठाउँमा आज्ञा वा आदेश बुझाउने क्रियापद छानेर लेख्नुहोस्: (क) तिमी घर ....। (जाऊ, जान्छौ) (ख) तिमीहरू यता ....। (आउँछौ, आओ) (ग) तँ राम्रो कविता ....। (लेख्, लेख्छस्) (घ) तिमी काम ....। (गर्छौ, गर) (ङ) तिमी त्यो सामान घरमा ....। (ल्याऊ, ल्याउँछौ)
१६खाली ठाउँमा सम्भावनार्थ बुझाउने क्रिया छानेर लेख्नुहोस्: (क) म विद्यालय ....। (जाउला, जाउँला) (ख) हामी खेल ....। (खेलौला, खेलौँला) (ग) तँ राम्ररी ....। (पढ्लास्, पढ्ला) (घ) उनीहरू समयमै ....। (पुग्लान्, पुग्ला) (ङ) त्यो सफल ....। (हुँला, होला)
१७कोष्ठकको निर्देशनअनुसार वाक्य पूरा गर्नुहोस्: (क) उनीहरूले मलाई ....। (भेट् : सामान्यार्थ) (ख) तँ राम्ररी ....। (लेख् : आज्ञार्थ) (ग) तिमी घर ....। (जा : आज्ञार्थ) (घ) ऊ कहिले ....? (आउ : सम्भावनार्थ) (ङ) हामी पनि घुम्न ....। (जा : सामान्यार्थ)
१८तलका वर्णमा 'र' जोडेर लेख्नुहोस्: क्, ख्, ग्, घ्, ज्, ट्, त्, ड्, द्, प्, ब्, भ्, म्, श्, ह्, फ्।
१९अर्को वर्णसँग 'र' जोडिएका र 'रेफ' प्रयोग भएका दस वटा शब्द मूल पाठबाट खोजेर लेख्नुहोस्।
२०तल एउटा कथाका विभिन्न घटनाहरूका बुँदा छन्। ती बुँदालाई क्रमशः मिलाएर कथाको घटनाक्रम मिलाउनुहोस्।
२१'ढुङ्गो र माटो' कथाबाट चार ओटा प्रश्न बनाउनुहोस्।
२२गृहकार्य गर्नुपर्ने, विद्यालय पोसाक लगाउनुपर्ने र सबैसँग नम्रतापूर्वक बोल्नुपर्ने जस्ता निर्देशन हामीले किन पालना गर्नुपर्छ?
२३कथाको सुरुमा नकुलले स्विटर चाहिँदैन भनेको थियो। बेलुका उसले किन आफैँ स्विटर हेर्न माग्यो?
२४कथाको शीर्षक 'मायाको घर' किन सार्थक छ, आफ्ना शब्दमा लेख्नुहोस्।
२५सामान्यार्थ, आज्ञार्थ र सम्भावनार्थ क्रियाबिचको भिन्नता एउटै वाक्य फेरबदल गरेर देखाउनुहोस्।