१शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ, उल्लेख गर्नुहोस्।
२सामाजिक सञ्जालको प्रयोग गरी तपाईँले के के फाइदा लिनुभएको छ, सूची तयार पार्नुहोस्।
३तपाईँको विद्यालयमा सूचना प्रविधिको सुविधा छैन वा कमी छ भने त्यस्तो सुविधाको व्यवस्था गरिदिन व्यवस्थापन समितिको नाममा एक पत्र तयार पारी प्रेषित गर्नुहोस्।
४सूचना प्रविधिका कुनै दुई साधनको सङ्क्षिप्त परिचय दिनुहोस्।
५के तपाईँको विद्यालयमा पनि फ्लिप कक्षाको सम्भावना छ, कसरी?
६हार्डवेर र सफ्टवेरबीच के फरक छ? उदाहरणसहित लेख्नुहोस्।
७सञ्जयकी आमाको घटनाले स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको महत्त्वबारे के देखाउँछ?
८डोल्माले नमुना सर्वेक्षणमा कुन कुन प्रविधि कसरी प्रयोग गरिन्?
९सूचना प्रविधिले सिकाइमा ल्याउने कुनै चार परिवर्तन लेख्नुहोस्।
१०इन्टरएक्टिभ बोर्ड र प्रोजेक्टरमा के फरक छ? फर्मुल्लाहको विद्यालयको उदाहरण दिनुहोस्।