१संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सूची तयार पार्नुहोस् ।
२युनेस्कोले नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।
३विश्व हुलाक सङ्घको उपयोगीता अहिलेको समयमा कति सान्दर्भिक छ जस्तो लाग्छ ? तर्क प्रस्तुत गर्नुहोस् ।
४नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने विशिष्टीकृत संस्थाहरू पहिचान गरी तिनीहरूका कार्य उल्लेख गर्नुहोस् ।
५विशिष्टीकृत संस्था भनेको के हो ? संयुक्त राष्ट्रसङ्घको बडापत्रमा यसको व्यवस्था कहाँ छ ?
६विश्व हुलाक सङ्घ सबैभन्दा पहिले स्थापना भए पनि पहिलो विशिष्टीकृत संस्था किन मानिँदैन ?
७अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कबिच के फरक छ ?
८जेनेभामा प्रधान कार्यालय भएका विशिष्टीकृत संस्थाहरूको नाम लेख्नुहोस् ।
९विश्व बौद्धिक सम्पत्ति सङ्गठनले के काम गर्छ ? बौद्धिक सम्पत्ति भनेको के हो ?
१०विश्व स्वास्थ्य सङ्गठनका प्रमुख कार्यहरू लेख्नुहोस् ।