१संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?
२संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को र कहाँका हुन् ?
३महासभालाई संयुक्त राष्ट्रसङ्घको संसद भनिन्छ, यस भनाइलाई पुष्टि गर्नुहोस्।
४जिम्मा जमानी परिषद् हाल सक्रिय छैन, किन ?
५सुरक्षा परिषद्को भूमिका उल्लेख गर्नुहोस्।
६विशेषाधिकार भनेको के हो ? यसको प्रयोग कसले गर्छ ?
७संयुक्त राष्ट्रसङ्घका उद्देश्यहरू लेख्नुहोस्।
८सुरक्षा परिषद्का अस्थायी सदस्य कुन कुन क्षेत्रबाट कति कति छानिन्छन् ?
९अन्तर्राष्ट्रिय न्यायालयको बनावट र कार्य उल्लेख गर्नुहोस्।
१०आर्थिक तथा सामाजिक परिषद्को परिचय दिई यसका कार्य लेख्नुहोस्।
११संयुक्त राष्ट्रसङ्घको सचिवालयको परिचय दिई यसका कुनै चार कार्य लेख्नुहोस्।
१२नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्य कहिले भयो र यसको कुन परिषद्मा कहिले सदस्य रह्यो ?