१तपाईंको मामा व्यापारी हुनुहुन्छ। उहाँका लागि बैङ्क वा वित्तीय संस्थामा कस्तो किसिमको खाता खोल्न उपयुक्त हुन्छ होला, किन?
२विप्रेषणको महत्त्व उल्लेख गर्नुहोस्।
३हुन्डीबाट किन कारोबार गर्नुहुँदैन?
४अबको १० वर्षपछि भर्चुअल मुद्राको प्रयोगको अवस्था कस्तो रहन्छ होला? अनुमान गरी लेख्नुहोस्।
५नोट सफा राख्ने उपाय लेख्नुहोस्।
६सेयरको महत्त्व उल्लेख गर्नुहोस्।
७नेपालमा प्रचलित वित्तीय उपकरणको सूची बनाई प्रत्येकको छोटकरीमा व्याख्या गर्नुहोस्।
८सेयर लिनका लागि अपनाउनुपर्ने प्रक्रिया उल्लेख गर्नुहोस्।
९डिम्याट खाता भनेको के हो? यसका उपयोगिता उल्लेख गर्नुहोस्।
१०डेबिट कार्ड र क्रेडिट कार्डका बिचमा फरक छुट्याउनुहोस्।
११चल्ती खाता, बचत खाता र मुद्दती खाताबीच फरक लेख्नुहोस्।
१२मुद्दती खातामा राखेको रकम अवधि नपुग्दै चाहियो भने के गर्न सकिन्छ?
१३नाबालकका नाममा बैङ्क खाता कसरी खोलिन्छ?
१४विद्युतीय बैङ्किङ भनेको के हो? यसका सेवा र फाइदा लेख्नुहोस्।
१५अग्राधिकार सेयर र साधारण सेयरबीच फरक लेख्नुहोस्।
१६क्रिप्टोकरेन्सी भनेको के हो? नेपालमा यसको अवस्था कस्तो छ?