एकाइ ५२ · दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका

दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१द्वितीय विश्व युद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस्।
२एटलान्टिक चार्टर भनेको के हो?
३पर्लहार्वर घटना जापानका लागि कसरी घातक हुन पुग्यो?
४दोस्रो विश्व युद्ध अगाडि शक्तिशाली हिटलरले युद्धको क्रममै आत्महत्या गर्नु पर्नाका कारण के के हुन्, लेख्नुहोस्।
५नेपालका राणा शासक ब्रिटिस सरकारप्रति बफादार हुनाका कारण के के हुन्, स्पष्ट पार्नुहोस्।
६दोस्रो विश्वयुद्ध हुनुभन्दा अगाडि रुस र जर्मनीबिच एकआपसमा आक्रमण नगर्ने सम्झौता भएको थियो। उक्त सन्धिको पालना नगरी रुस र जर्मनीले एक अर्कालाई आक्रमण गर्नुलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?
७दोस्रो विश्वयुद्धको समयमा बेलायतलाई नेपालले आर्थिक तथा सैन्य दुवै प्रकारको सहयोग प्रदान गरेको थियो। यस प्रकारको सहयोग नेपालले बेलायतलाई गर्नुका कारण के के हुन सक्छन्?
८शीतयुद्ध भनेको के हो? यो किन सुरु भयो?
९दोस्रो विश्वयुद्धपछि अमेरिका किन शक्तिशाली बन्यो?
१०दोस्रो विश्वयुद्धमा नेपाली फौज कुन कुन ठाउँमा लड्यो?
११संयुक्त राष्ट्रसङ्घ स्थापना हुनुअघिका मुख्य चरण क्रमैसँग लेख्नुहोस्।
१२दोस्रो विश्वयुद्धले उपनिवेशवादको अन्त्य कसरी गरायो?