१वि.सं. २०६९ चैत्र १ गते बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गैरराजनीतिक व्यक्ति संलग्न भएको चुनावी सरकार गठन भयो किन? उक्त सरकारलाई तोकिएका कार्य के के हुन्?
२संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ, कसरी? कारण दिनुहोस्।
३नेपालमा पहिलो संविधान सभाबाट संविधान जारी हुन नसक्नुका कारण के के हुन्, लेख्नुहोस्।
४नेपालमा गणतन्त्र स्थापनाका कारणहरू के के हुन्, लेख्नुहोस्।
५वि.सं. २०४६ को जनआन्दोलन र २०६२/०६३ को जनआन्दोलनबिचका समानता र भिन्नता लेख्नुहोस्।
६विस्तृत शान्ति सम्झौता भनेको के हो? यसमा कुन कुन कुरामा सहमति भयो?
७वि.सं. २०६५ जेठ १५ को घटनालाई किन ऐतिहासिक मानिन्छ?
८वि.सं. २०७४ का निर्वाचनले नेपालमा के परिवर्तन ल्याए?
९प्रतिनिधि सभा किन विघटन भयो र कसरी पुनर्स्थापना भयो?
१०वि.सं. २०७९ मा कुन कुन निर्वाचन भए? त्यसपछि कसको नेतृत्वमा सरकार बन्यो?