१मध्यावधि निर्वाचन भनेको के हो ?
२वि.सं. २०४७ देखि २०६३ सम्मका प्रमुख आर्थिक तथा सामाजिक उपलब्धिको सूची तयार गर्नुहोस्।
३"वि.सं. २०६१ माघ १९ को घटना सिर्जना हुनुमा राजनीतिक दल पनि उत्तिकै जिम्मेवार छन्" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
४वि.सं. २०६३ जेठ ४ गते भएको प्रतिनिधि सभाले गरेको विशेष घोषणाका कुनै चारओटा निर्णय उल्लेख गर्नुहोस्।
५अल्पमतको सरकार भनेर कस्तो सरकारलाई बुझाउँछ ? मनमोहन अधिकारीले किन अल्पमतको सरकार गठन गरेका थिए ?
६राजा ज्ञानेन्द्रले वि.सं. २०५९ असोज १८ मा प्रधानमन्त्री देउवालाई हटाएको कदमलाई किन असंवैधानिक भनियो ?
७१२ बुँदे सम्झौता कहिले र कोकोबिच भयो ? यसको महत्त्व के थियो ?
८संयुक्त जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/०६३ बिच के फरक छ ?
९माओवादी सशस्त्र सङ्घर्ष कहिले सुरु भयो, यसको उद्देश्य के थियो र यसको अन्त्य कसरी भयो ?