१करिना र मनितामध्ये कसको विचार तपाईंलाई मन पर्यो र किन?
२करिना र मनिताको संवादबाट तपाईंले के सन्देश प्राप्त गर्नुभयो?
३सफल र सार्थक जीवनका लागि सकारात्मक सोच हुनु किन जरुरी छ?
४'भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ।' यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस्।
५सभाना क्षेत्रलाई संसारको चिडियाखाना किन भनिन्छ, कारणहरू दिनुहोस्।
६'अफ्रिका पर्यटनको प्रचुर सम्भावना भएको महादेश हो।' यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस्।
७अफ्रिका महादेशमा पाइने प्रमुख हावापानी बुँदागत रूपमा उल्लेख गर्नुहोस्।
८नेपालको लेकाली घाँसे क्षेत्र र अफ्रिकाको भेल्डबिच तुलना गर्नुहोस्।
९अफ्रिका महादेशको अवस्थिति र सिमाना उल्लेख गर्नुहोस्।
१०अफ्रिकाका मुख्य भौगोलिक स्वरूपहरू के के हुन्?
११भूमध्यरेखीय क्षेत्रमा सदाबहार जङ्गल किन पाइन्छ?
१२'अफ्रिका विविधताको स्थल हो।' किन?
१३'क्रमशः उज्यालोतर्फ अफ्रिका' भन्नुको अर्थ के हो? अफ्रिकाको आर्थिक अवस्था कसरी सुधार हुँदै छ?