१नेपालमा मतदाता नामावली सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?
२फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व उल्लेख गर्नुहोस् ।
३निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।
४निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख कामको सूची तयार गर्नुहोस् ।
५नेपालका सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण पत्ता लगाई समाधान उपायसमेत सुझाउनुहोस् ।
६निर्वाचन भनेको के हो ? आवधिक निर्वाचनलाई लोकतन्त्रको अनिवार्य सर्त किन मानिन्छ ?
७निर्वाचनमा उम्मेदवार हुन के के योग्यता चाहिन्छ ?
८मतदान स्थल र मतदान केन्द्रबिच के फरक छ ? उदाहरणसहित लेख्नुहोस् ।
९नेपालमा निर्वाचन आयोगले कुन कुन पदको निर्वाचन गराउँछ ?
१०निर्वाचन प्रक्रिया भनेको के हो ? यसका मुख्य चरणहरू लेख्नुहोस् ।