१लोकबाजाको परिचय दिनुहोस्।
२नेपाली पञ्चेबाजा समूहमा पर्ने बाजाहरूको नाम र तिनीहरूको विशेषता लेख्नुहोस्।
३नेपाली लोकबाजाको महत्त्व उल्लेख गर्नुहोस्।
४"नेपाली लोकबाजा नेपालीहरूको पहिचान हो" यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
५तपाईंलाई मन पर्ने लोकबाजाको चित्र बनाई कक्षामा प्रस्तुत गर्नुहोस्।
६बजाउने तरिकाका आधारमा लोकबाजालाई कति भागमा बाँड्न सकिन्छ? प्रत्येकको दुई दुईओटा उदाहरण दिनुहोस्।
७केही नेपाली लोकबाजा लोप हुने अवस्थामा पुग्नुका कारण के के हुन्? तिनको संरक्षणका लागि समुदाय र स्थानीय तहले के गर्नुपर्छ?
८बनाउने सामग्रीका आधारमा लोकबाजाका उदाहरण दिनुहोस्।
९धार्मिक काममा बजाइने कुनै तीनओटा लोकबाजाको परिचय दिनुहोस्।