१जनसङ्ख्याको आकार भन्नाले के बुझिन्छ?
२वि.सं. १९७७ र १९८७ को जनगणनामा नेपालको जनसङ्ख्या वृद्धिदर घटेर ऋणात्मक हुनुका कारण उल्लेख गर्नुहोस्।
३वि.सं. २०५८ देखि वि.सं. २०७८ सम्मको जनसङ्ख्याको अवस्था हेर्दा नेपालमा जनसङ्ख्या वृद्धिदर घट्दै गएको देखिन्छ। यसरी जनसङ्ख्या वृद्धिदर घट्नुका कारणको सूची तयार गर्नुहोस्।
४वि.सं. २०१८ देखि २०७८ सम्मको नेपालको जनसङ्ख्या वृद्धिदरको अवस्थालाई रेखाचित्रमा प्रस्तुत गर्नुहोस्।
५जनसङ्ख्या वृद्धि र जनसङ्ख्या वृद्धिदरबिच के फरक छ?
६एउटा नगरपालिकामा गत वर्ष ५०,००० जना थिए र यस वर्ष ५०,७५० जना भए। त्यहाँको जनसङ्ख्या वृद्धिदर कति भयो?
७नेपालको पहिलो वैज्ञानिक जनगणना कहिले भयो? त्यसभन्दा अघिका जनगणनाबाट यो किन फरक मानिन्छ?
८वृद्धिदर घट्दा जनसङ्ख्या दोब्बर हुने समयमा के असर पर्छ? नेपालको उदाहरण दिनुहोस्।
९World Population Data Sheet 2022 अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर र औसत आयुलाई विश्वसँग तुलना गर्नुहोस्।