१चित्र न. १ र चित्र न. २ मा देखाइएका दुई तस्बिर कहाँका हुन्?
२चित्र न. १ र चित्र न. २ बिच के फरक पाइन्छ?
३चित्र न. २ मा भएको जस्तो अवस्था आउनुको कारण के हो?
४जनसङ्ख्या बढ्दै जाँदा त्यसले वातावरणमा के असर पार्छ?
५जनसङ्ख्या र वातावरणबिचको अन्तरसम्बन्धको व्याख्या गर्नुहोस्।
६जनसङ्ख्या वृद्धिका कारणले कसरी वातावरण प्रदूषण हुन्छ, उल्लेख गर्नुहोस्।
७वातावरण प्रदूषण नियन्त्रणका लागि व्यक्ति, परिवार, समुदाय र स्थानीय सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, सुझाव प्रस्तुत गर्नुहोस्।
८वातावरण संरक्षणका उपायको सूची बनाउनुहोस्।
९वातावरण परिवर्तन भनेको के हो? यसका मुख्य तीन कारण उल्लेख गर्नुहोस्।
१०उद्योग र कलकारखाना मानव बस्तीबाट टाढा किन स्थापना गर्नुपर्छ?
११जनसङ्ख्या र वातावरणबिच सन्तुलन किन आवश्यक छ?
१२वन फँडानीले बाढी, पहिरो र भूक्षय कसरी बढाउँछ?