१राष्ट्रिय गौरव भनेको के हो?
२'नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो' यस भनाइलाई पुष्टि गर्नुहोस्।
३मानौँ तपाईं विदेश भ्रमणमा हुनुहुन्छ। त्यहाँको कुनै कार्यक्रममा तपाईंलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ?
४"हामी वीर नेपालीका सन्तति हौँ, कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार्य हुँदैन।" यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।
५चित्र 'क' र चित्र 'ख' का सम्पदाको नाम पत्ता लगाउनुहोस् र यिनीहरू किन राष्ट्रिय गौरव हुन्, कारण दिनुहोस्।
६हाम्रो राष्ट्रिय गौरव बढाउने सम्पदाबाट देशलाई कस्तो फाइदा हुन्छ?
७नेपालको राष्ट्रिय झन्डाको बनावट र यसका चिह्नको अर्थ लेख्नुहोस्।
८राष्ट्रिय गानको परिचय दिनुहोस्।
९लुम्बिनीलाई किन राष्ट्रिय गौरव मानिन्छ?
१०सगरमाथाले नेपाललाई कसरी गौरव र फाइदा दिएको छ?
११राष्ट्रिय गौरवको संरक्षणमा विद्यार्थीको भूमिका के हुन सक्छ?