१हाम्रा पहिचान के के हुन् ? पहिचानको महत्त्व उल्लेख गर्नुहोस् ।
२"पहिचान आफूलाई चिनाउने आधार हो ।" उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
३यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचान र सम्मानका लागि के गर्नुपर्दछ ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
४अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईं रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ? खोजी गरी प्रस्तुत गर्नुहोस् ।
५नेपाली समाजलाई बहुल समाज किन भनिन्छ ?
६नेपालको भाषिक पहिचानबारे संविधानले के व्यवस्था गरेको छ ?
७धार्मिक सहिष्णुता भनेको के हो ? नेपालमा यसको उदाहरण दिनुहोस् ।
८अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार अपाङ्गतालाई कसरी वर्गीकरण गरिएको छ ?
९विश्वव्यापीकरणले हाम्रो पहिचानमा कस्तो असर पारेको छ ? पहिचान जोगाउन हामी के गर्न सक्छौँ ?
१०हाम्रा जातीय, भाषिक र धार्मिक पहिचान फरक फरक हुँदाहुँदै पनि राष्ट्रिय पहिचान एउटै कसरी हुन्छ ?