१शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: प्रतियोगिता, वक्ता, कायापलट, अभिमत, कसी, कानुन, नैसर्गिक, घोषणापत्र। अर्थहरू: वचनबद्धता घोषित गर्ने पत्र, वस्तुको स्तर निर्धारण गर्ने साधन, न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप, स्वाभाविक/प्राकृतिक, प्रतिस्पर्धा वा होडबाजी, गतिशील, बोल्ने व्यक्ति, मनको विचार/राय, ठुलो परिवर्तन, परिणाम।
२कर्तव्यपालन, संविधान, सङ्घर्षपूर्ण, मानव, कल्याण, प्रजातन्त्र, अधिकार शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस्।
३यस अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस्: 'डोल्मा पाँच वर्षदेखि एउटा साहित्यिक कृति प्रकाशन गर्ने सोचमा थिइन्। उनी प्रत्येक दिन केही न केही विषयवस्तु लेख्थिन्। ... उनका कृतिमा दीनदुःखीका साथसाथै जून, सूर्य, द्वीप, शीत, स्वर्ग आदिको वर्णन गरिएको थियो। उनीसित नजिक भएका साथीहरूले जुनसुकै समस्यामा पनि दीप प्रज्वलन गरी कृति विमोचन गर्ने सोचमा छन्।'
४अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्: बाजी/बाजि, अवधी/अवधि, तिन/तीन, पूरा/पुरा, फेरि/फेरी, शूर/सुर।
५यी शब्दको शुद्ध उच्चारण गर्नुहोस्: विश्वव्यापी, सङ्ग्राम, उत्प्रेरित, प्रज्वलित, प्रतिस्पर्धा, ज्वलन्त, दृष्टान्त, कुण्ठित, उद्घोषक, कर्तव्यपरायण।
६'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा सहभागी भएका वक्ताको भूमिका निर्वाह गर्दै हाउभाउसहित वादविवाद सस्वरवाचन गर्नुहोस्।
७'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम भन्नुहोस्।
८वादविवादमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ?
९वादविवादको पहिलो वक्ता को हुन् र उनले कसकसलाई सम्बोधन गरेका छन्?
१०वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ?
११सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणताका लागि के गरे?
१२बुद्धले कस्तो रहस्यको खोजी गरे?
१३हामीले कसरी कर्तव्य पालन गर्न सक्छौँ?
१४वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ?
१५यी भनाइका वक्ता पहिचान गर्नुहोस् र आशयबारे छलफल गर्नुहोस्: 'निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ।', 'परोपकार गर्नु नैतिक कर्तव्य हो।', 'नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन्।', 'खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो।', 'राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन।', 'कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो।', 'प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ?'
१६चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस्।
१७कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस्।
१८अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस्।
१९श्रुति साहको भनाइको सार लेख्नुहोस्।
२०व्याख्या गर्नुहोस्: 'कर्तव्यको कसीमा घोटिँदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ।'
२१व्याख्या गर्नुहोस्: 'अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो। खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो।'
२२वादविवादका वक्तामध्ये तपाईँलाई कसको भनाइ मन पऱ्यो, किन?
२३'कर्तव्यपरायणताका ... पुष्टि हुन्छ' वादविवादको अंश शिक्षकबाट सुनेर लेख्नुहोस्।
२४कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी निष्कर्ष सुनाउनुहोस्।
२५'कर्तव्यभन्दा ठुलो ... पुष्टि हुन्छ' अंशबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस्।
२६'हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ?' भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस्।
२७'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादको प्रस्तुति ढाँचा अनुकरण गरी पहिलो वक्ताका भनाइको खण्डन गर्नुहोस्।
२८गरिबीसम्बन्धी अनुच्छेदका आधारमा उत्तर दिनुहोस्: गरिबी भन्नाले के बुझिन्छ?
२९गरिबी किन बढ्छ?
३०गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ?
३१नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ?
३२गरिबीसम्बन्धी अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।
३३गरिबीसम्बन्धी अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस्।
३४'मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ ।' भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस्।
३५मौखिक सम्प्रेषणसम्बन्धी सन्दर्भ पढेर कक्षामा एक जना शिक्षक र अर्को विद्यार्थी बनी ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्छ भन्ने पाठ पढाएको अभिनय गर्नुहोस्, त्यसपछि बसमा ज्येष्ठ नागरिकलाई सिट छाडेर बस्न अनुनय गरेको र उनले धन्यवाद दिएको सम्प्रेषण प्रस्तुत गर्नुहोस्।
३६उँभौली र उँधौली पर्वसम्बन्धी सुनाइ सामग्री सुनेर ठिक वा बेठिक छुट्याउनुहोस्: 'उँधौली पर्वलाई उँधौली साकेला पनि भनिन्छ।', 'बाली लगाउने बेलामा भने किराँत जातिमा उँभौली पर्व मनाइने प्रचलन छ।', 'किराँत समुदायका याक्खाले फोलस्याँदर मनाउँछन्।', 'पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन एउटै छ।'
३७उँभौली र उँधौली पर्व कहिले मनाइन्छ?
३८उँधौली पर्व किन मनाइन्छ?
३९किराँत समुदायका मानिस च्याब्रुङ बाजाको तालमा नाच्ने नाच कुन हो?
४०कुन कुन समुदायका कुन कुन पर्वको भाव एउटै छ?
४१यो अनुच्छेद पढ्नुहोस् र भूत, वर्तमान र भविष्यत् कालका वाक्यको अलग अलग सूची बनाउनुहोस्: विद्यालयको खाजा घरका व्यवस्थापक उदितसँग प्रधानाध्यापकको कुराकानी (उमाले रोटी खानुभयो, म चिया पकाउँछु, पर्सि म पकौडा बनाउने छु आदि)।
४२'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादबाट भूत र वर्तमान कालका तीन तीनओटा क्रियापद खोजी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्।
४३यस अनुच्छेदबाट अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त पक्षका क्रियापद अलग अलग टिपोट गर्नुहोस्: 'भरतले काठमाडौँबाट भरतपुरका लागि टिकट काटेछ। पहिले ऊ सधैँ विराटनगरको टिकट काट्थ्यो। जनककुमारीले चाहिँ जनकपुरको टिकट काटिछन्। पहिले उनी सधैँ आफ्नै कारमा जान्थिन्। भरत एयरपोर्ट पुगेको छ। जनककुमारी एयरपोर्ट जाँदै छिन्। अहिले उनी बानेश्वर पुगेकी छिन् रे। भरत अहिले जहाज चढ्ने बोर्डिङपास लिँदै छ। दुवै जनाले मलाई फोन गरेका थिए। भरतको भरतपुरको जहाज एकैछिनमा उडेको हुने छ। जनककुमारीको जनकपुरको जहाज दुई घण्टापछि उड्ने छ।'
४४अपूर्ण पक्षमा परिवर्तन गर्नुहोस्: 'हामीहरू एउटा सानो समूह बनाएर गाउँ गएका थियौँ। हामीहरू सबैले दौरासुरुवाल र कोट लगाएका थियौँ। जाडो महिना भएकाले हामी सबैको शिर कान छोप्ने टोपीले ढाकेको थियो। गाउँलेहरू हामीलाई एकोहोरो हेर्थे। हामीहरूले उनीहरूलाई पहिलो पटक भेटेका थियौँ।'
४५पूर्ण पक्षमा परिवर्तन गर्नुहोस्: 'सम्पूर्ण प्रकृति र चराचर जगत्ले कर्तव्य पालनाको उत्कृष्ट दृष्टान्त दिँदै छन्। हामी बसोबास गर्दै आएको यस चराचर जगत्मा नदी, वृक्ष, सूर्य, चन्द्र सबैले कसैलाई केही न केही दिँदै छन्। परोपकारी कार्य गरेर कर्तव्य पूरा गर्दै छन्। यसबाट कर्तव्यपालन प्राकृतिक, नैसर्गिक र महान् कुरा हो भन्ने पुष्टि हुँदै छ।'
४६अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्: 'संस्कृतिलाई कृषि व्यवसाय गर्ने रहर थियो। यसका लागि उनले पाँचथरमा पारिलो घाम लाग्ने जग्गा किनिन्। गाई, भैँसी र बाख्रा पनि किनेर ल्याइन्। कृषि व्यवसायबाट उनले प्रशस्त आम्दानी गरिन्। उनले गाउँका १५ जनालाई रोजगारी पनि दिइन्।'
४७अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस्: 'विद्यार्थी दिनहुँ पुस्तकालय जान्छन्। आफूलाई आवश्यक पर्ने सामग्री खोजी खोजी पढ्छन्। पढेका सामग्रीबारे सबै साथीसँग छलफल गर्छन्। थप अध्ययन गर्नुपर्ने कुराका लागि शिक्षकको पनि सहयोग लिन्छन्।'
४८कोष्ठकको सङ्केतअनुसार खाली ठाउँ भर्नुहोस्: 'हिजो सबैतिर पानी ....। (पर् : अज्ञात भूत)', 'विक्रम बस चढेर विराटनगर ....। (जा : पूर्ण वर्तमान)', 'अर्को वर्ष यति बेला तिमी परीक्षा ....। (दि : अपूर्ण भविष्यत्)', 'उनीहरू कक्षामा पढाइका बारेमा छलफल ....। (गर् : अभ्यस्त भूत)', 'दाजु गाउँमा गएर कृषि पेसामा संलग्न ....। (हु : अज्ञात भूत)', 'विद्यार्थी पढाइका साथै खेलकुदमा पनि रुचि ....। (राख् : वर्तमान)'
४९अज्ञात र अभ्यस्त पक्षका क्रियापदको प्रयोग गर्दै साथीको आनीबानीको वर्णन गरी अनुच्छेद लेख्नुहोस्।
५०यो अनुच्छेद पढ्नुहोस् र रेखाङ्कित शब्द यसरी किन प्रयोग भएका हुन्, छलफल गर्नुहोस्: 'घर घरमा सरसफाइ गरिएन भने घरमा लामखुट्टे लाग्न सक्छ। लामखुट्टेको टोकाइबाट मलेरिया, डेङ्गु जस्ता घातक रोग लाग्न सक्छन्। लामखुट्टेले नटोकोस् भनेर घरभित्र र घरबाहिर फोहोर पानी जम्न दिनुहुँदैन। घरको भ्यालढोकामा जाली राख्ने, झुलको प्रयोग गर्ने र लामा बाहुला भएका कपडा लगाउने हो भने लामखुट्टेको टोकाइबाट केही मात्रामा बच्न सकिन्छ।' (रेखाङ्कित: सरसफाइ, घरमा, लामखुट्टे, लामखुट्टेको, टोकाइबाट, लामखुट्टेले, नटोकोस्, भ्यालढोकामा, झुलको, मात्रामा)
५१पदयोग र पदवियोग मिलाई पुनर्लेखन गर्नुहोस्: 'प्रकृतिले आ आफ्नो ठाउँ बाट कर्तव्य पालना गरेकोकुरा उहाँलेगर्नुभयो, प्रकृतिसँगत सम्पूर्ण अधिकार छर त कर्तव्य पूरा गरिरहेको छ। प्रकृतिको अधिकार खोस्नेताकत कसै सँग छैन, कसैले प्रकृतिकोअधिकार खोसोसत ? त्यसपछि प्रकृतिको ताण्डव थाहाहुनेछ।'
५२उद्घोषणको नमुनाका आधारमा निबन्ध प्रतियोगितामा उद्घोषण गरेको नमुना लेखी कक्षामा प्रस्तुत गर्नुहोस्।
५३'रोजगार ठिक कि स्वरोजगार ठिक ?' शीर्षकमा कुनै एक पक्षमा एउटा अनुच्छेद लेख्नुहोस् र त्यसको खण्डन गरी विपक्षमा अर्को अनुच्छेद लेख्नुहोस्।
५४नैतिक कर्तव्य र वैधानिक कर्तव्यमा के फरक छ? उदाहरणसहित लेख्नुहोस्।
५५वादविवादमा खण्डन भनेको के हो? पदम गुप्ताले भरत भण्डारीको कुन तर्कको कसरी खण्डन गरे?
५६नेपालको संविधानमा मौलिक हकसम्बन्धी के व्यवस्था छ?