पाठ ४ · यस्तो कहिल्यै नहोस्

यस्तो कहिल्यै नहोस्

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्: सङ्कट, विलाप, लोहोरो, शङ्का, अपरिचित, सातो।
२"कमिलाको ताँती मौरीको घारमा पसेको देखेर ..." अनुच्छेदबाट तीन तीनओटा लघुतावाची र समूहवाची शब्द पहिचान गर्नुहोस्।
३पाँच पाँचओटा लघुतावाची र समूहवाची शब्द पर्ने गरी अनुच्छेद लेख्नुहोस्।
४दिइएका पद, पदावलीलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: हरे !, सञ्जाल, विवरण, सुइँकुच्चा ठोक्नु, हुने हार दैव नटार, लोभले लाभ लाभले विलाप।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस्: झल्यास्स, गज्जब, शत्रु, खुरुखुरु, बुद्धि, अत्तोपत्तो, पन्जा, दूरसञ्चार, आश्वस्त।
६'यस्तो कहिल्यै नहोस्' मनोवाद हाउभाउसहित सस्वरवाचन गर्नुहोस्।
७'यस्तो कहिल्यै नहोस्' मनोवाद कुन पात्रको घटनासँग सम्बन्धित छ ?
८मनोवादमा 'नगद पुरस्कारसहित बधाई दिएको सन्देश' भन्दा अगाडि र पछाडि कुन कुन प्रसङ्ग आएका छन् ?
९पत्रिका मनमनै पढेको वर्णन मनोवादको कुन अनुच्छेदमा छ ?
१०मनोवादमा कुन पुरुषीय कथनशैली उपयोग गरिएको छ ?
११मनोवादको "लौ हेर त, १२ पो बजिसकेछ" अंशमा पात्र निदाउन नसक्नुको कारण के हो ?
१२पात्रले कहाँ गएर धन कमाएको थियो ?
१३पात्रले समाचारमा के कुरा पढेको थियो ?
१४पात्रले समाचारमा पढेका कुरा व्यवहारमा उतार्न नसक्दा कस्ता समस्या भोग्नुपर्‍यो, लेख्नुहोस्।
१५'यस्तो कहिल्यै नहोस्' मनोवादका पात्रले मनमा खेलाएका मुख्य मुख्य घटना टिपोट गर्नुहोस्।
१६'यस्तो कहिल्यै नहोस्' मनोवादबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस्।
१७मनोवादमा उल्लेख भएको साइबर अपराधको प्रसङ्ग पढेपछि तपाईंले कस्तो महसुस गर्नुभयो, उल्लेख गर्नुहोस्।
१८दिइएका शीर्षकमा छोटो मनोवाद लेख्नुहोस्: (क) नतिजा प्रकाशनको अगिल्लो दिन (ख) पुरस्कृत हुँदाको क्षण।
१९कम्प्युटर तालिमको विज्ञापनको नमुना पढेर आफ्नो विद्यालयले प्रकाशन गरेको बालसाहित्य पत्रिकाका लागि विज्ञापन तयार गर्नुहोस्।
२०दिइएको बैङ्क भौचरको नमुना पढ्नुहोस् र भौचर भर्ने अभ्यास गर्नुहोस्।
२१प्रविधिसम्बन्धी अनुच्छेदका आधारमा: प्रविधिको प्रयोगले सिकाइमा कस्तो सुविधा पुर्‍याएको छ ?
२२तपाईंले सिकाइका लागि कुन कुन एप्स प्रयोग गर्नुभएको छ, नाम लेख्नुहोस्।
२३विद्यार्थीमा प्रविधिप्रति मोह बढ्नुको कारण के हो ?
२४विद्यार्थीलाई परियोजना कार्य गर्न प्रविधिले कसरी सहयोग गर्छ ?
२५प्रविधिसम्बन्धी अनुच्छेदबाट दुईओटा समस्त शब्द खोजी तिनको विग्रह गर्नुहोस्।
२६'ठुलो' र 'पढाइ' शब्दलाई द्वित्व प्रक्रियाबाट नयाँ शब्द बनाउनुहोस्।
२७प्रविधिसम्बन्धी अनुच्छेदबाट सुरु र बिचमा दीर्घ ऊकार प्रयोग भएका एक एकओटा शब्द टिप्नुहोस्।
२८निकितालाई विद्वान्को प्रवचनबाट आफ्नो संस्कार र संस्कृति भुल्नुहुँदैन भन्ने अनुभूति भएजस्तै तपाईं पनि कुनै विषयमा कसैको प्रवचनबाट प्रभावित भएको अनुभूति कक्षामा प्रस्तुत गर्नुहोस्।
२९सुनाइ पाठ ४ सुन्नुहोस् र दिइएका वाक्य ठिक भए ठिक, बेठिक भए बेठिक भन्नुहोस्: (क) एक दिन उनले पातालबाट आगो चोरी पृथ्वीमा ल्याए अनि मान्छेलाई दिए। (ख) उज्यालाको ज्ञान विज्ञानको विकास गरी मान्छे देवताभन्दा शक्तिशाली भए। (ग) अन्धकारमा सबै मान्छे बाँच्न सफल भए। (घ) आगाले उज्यालो मात्र दिँदो रहेनछ, पोल्दो पनि रहेछ।
३०सुनाइ पाठ ४ का आधारमा: स्वर्गबाट आगो चोरी कसले ल्यायो ?
३१सुनाइ पाठ ४ का आधारमा: प्रमिथसलाई अजम्बरी पीडाको सजाय किन दिइयो ?
३२सुनाइ पाठ ४ का आधारमा: ओडारतिर भाग्ने को हुन् ? र यो सुनाइ पाठको सन्देश के हो ?
३३"शुकमानले घरपरिवारको ऋण तिर्न ..." अनुच्छेदबाट तीनओटा समस्त शब्द र तीनओटा विग्रह पदावली पहिचान गरी लेख्नुहोस्।
३४'यस्तो कहिल्यै नहोस्' मनोवादबाट पाँचओटा समस्त शब्द पहिचान गरी तिनको विग्रह गर्नुहोस्।
३५दिइएका समस्त शब्दको विग्रह गर्नुहोस्: प्रतिदिन, भरपेट, पकेटमार, कलाप्रवीण, चरणकमल, जेठोबाठो, त्रिभुज, नवरत्न, राधाकृष्ण, लाम्खुट्टे, सप्तर्षि।
३६दिइएका द्वित्व शब्दलाई द्वित्व हुने तरिकाका आधारमा अलग अलग सूची बनाउनुहोस्: आआफ्नो, घर घर, वनैवन, भातसात, जो जो, कालो कालो, आलोपालो, नुनसुन, लुगासुगा, आनीबानी, ऐँचोपैँचो, ठुल्ठुलो, काटकुट, कुटकाट, पिठोसिठो, निलो निलो।
३७"म आज भातसात केही खान्न ..." अनुच्छेदबाट दुई दुईओटा समस्त र द्वित्व शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउनुहोस्।
३८"पूर्णबहादुर ऊष्ण ठाउँमा बस्दा रहेछन् ..." अनुच्छेदबाट शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्।
३९शब्दकोशको सहायताले शब्दको सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भएका पाँच पाँचओटा शब्द लेख्नुहोस् र साथीसँग छलफल गर्नुहोस्।
४०दुई जना साथीबिच पढाइका बारेमा भएको संवाद लेख्नुहोस्।
४१शिक्षकको सहयोगमा रजिस्ट्रेसन फाराम भरेर कक्षामा प्रस्तुत गर्नुहोस्।
४२शुकमानले आफूलाई कस्तुरी मृगसँग किन दाँजेका छन् ?
४३'यस्तो कहिल्यै नहोस्' शीर्षकको सार्थकता पुष्टि गर्नुहोस्।
४४शुकमानको मनमा दुई मनबिच भएको द्वन्द्व कस्तो थियो ?