१विपत् भन्नाले के बुझिन्छ? उदाहरणसहित लेख्नुहोस्।
२किन भूकम्पीय विपत् अन्य विपत्भन्दा खतरनाक मानिन्छ, कारण दिनुहोस्।
३महामारी भन्नाले के बुझिन्छ? यसले पार्ने असरहरूको सूची तयार पार्नुहोस्।
४नेपालमा प्राकृतिक विपत्का घटनाहरूको जोखिम धेरै हुनाका कारणहरू लेख्नुहोस्।
५विपत् व्यवस्थापनका तीनओटा अवस्थामा गरिने मुख्य मुख्य कामहरू लेख्नुहोस्।
६भूकम्प जाँदा के गर्नुपर्छ, क्रमसहित लेख्नुहोस्।
७भूकम्प प्राकृतिक हो तर विपत् होइन। यो भनाइ स्पष्ट पार्नुहोस्।
८तयारी र उद्धारबिचको भिन्नता लेख्नुहोस् र कुन बढी महत्त्वपूर्ण छ भन्नुहोस्।
९विपत् व्यवस्थापनमा स्थानीय तह र रेडक्रसजस्ता सङ्घसंस्थाको भूमिका लेख्नुहोस्।
१०भूक्षयबाट जोगिन के के उपाय अपनाउन सकिन्छ?