१प्रदेश नं. १ मा बस्ने दुई जातिहरूको नाम लेख्नुहोस् र यस प्रदेशको भौगोलिक परिचय दिनुहोस्।
२प्रदेश नं. २ मा बोलिने मुख्य भाषाहरू कुन कुन हुन्? यस प्रदेशका भौगोलिक विशेषता पनि उल्लेख गर्नुहोस्।
३लुम्बिनी प्रदेशमा बग्ने मुख्य नदीहरूको नाम लेख्नुहोस्।
४सातै प्रदेशका भौगोलिक विशेषता छोटकरीमा लेख्नुहोस्।
५क्षेत्रफल र जनसङ्ख्याको हिसाबले सबैभन्दा सानो र सबैभन्दा ठुलो प्रदेशको नाम लेख्नुहोस्।
६सात प्रदेशका सिमाना धेरैजसो उत्तरदक्षिण लमिएका छन्। कारण लेख्नुहोस्।
७क्षेत्रफलको हिस्सा र जनसङ्ख्याको हिस्सा एउटै नहुनुको कारण के हो?
८नेपालमा सङ्घीयता कसरी आयो, छोटो चर्चा गर्नुहोस्।
९बागमती प्रदेशको परिचय दिनुहोस्।
१०कर्णाली प्रदेश र प्रदेश नं. २ को तुलना गर्नुहोस्।