एकाइ ४० · पृथ्वीको दैनिक गति र वार्षिक गति

पृथ्वीको दैनिक गति र वार्षिक गति

सामाजिक अध्ययनविषय
१४ minअनुमानित समय
१परिभ्रमण र परिक्रमण भनेको के हो?
२पृथ्वीमा दिन र रात कसरी हुन्छ?
३पृथ्वी गोलाकार नभएर फल्याक जस्तो चेप्टो भएको भए के हुन्थ्यो होला?
४नेपालमा ऋतु कतिओटा हुन्छन्, नाम लेख्नुहोस्।
५ऋतु परिवर्तन हुनाका मुख्य कारणहरू के के हुन्?
६अक्ष र कक्षमा के भिन्नता छ?
७सूर्य पूर्वबाट उदाएर पश्चिममा अस्ताएको देखिन्छ। यसको साँचो कारण के हो?
८पृथ्वी घुमिरहेको भए पनि हामीलाई किन थाहा हुँदैन?
९मेचीमा घाम झुल्किँदा महाकालीमा किन झुल्किँदैन?
१०उत्तरी गोलार्धमा ग्रीष्म ऋतु हुँदा दक्षिणी गोलार्धमा किन हिउँद ऋतु हुन्छ?