१राष्ट्रिय विभूति कसलाई भनिन्छ?
२हामीले राष्ट्रिय विभूतिलाई किन सम्मान गर्नुपर्छ? उदाहरणसहित प्रस्ट पार्नुहोस्।
३गौतम बुद्धका उपदेशको सूची तयार पार्नुहोस्।
४गौतम बुद्धका उपदेशले तपाईंको जीवनमा पार्न सक्ने सकारात्मक प्रभाव उल्लेख गर्नुहोस्।
५गौतम बुद्धलाई एसियाको तारा किन भनिन्छ? आफ्ना विचार लेख्नुहोस्।
६चार आर्य सत्य के के हुन् र यिनको अर्थ के हो?
७गौतम बुद्धले ज्ञान कसरी प्राप्त गरे?
८बुद्ध, बोध गया र बोधी वृक्ष यी तीन नामको अर्थ र सम्बन्ध लेख्नुहोस्।
९लुम्बिनीको महत्त्व उल्लेख गर्नुहोस्।
१०हिन्दु र बौद्ध धर्म मान्नेहरूबिचको मेलमिलाप कसरी देखिन्छ?