१सामाजिक संस्कार भनेको के हो?
२मागी विवाह र प्रेम विवाहमा के फरक छ?
३मृत्यु संस्कार भनेको के हो?
४तपाईंको आफ्नो जातिको मृत्यु संस्कार उल्लेख गर्नुहोस्।
५नेपाली समाजमा सामाजिक संस्कारको विविधता हुनुका कारणहरू पहिल्याउनुहोस्।
६जन्म संस्कारअन्तर्गत गरिने कर्महरू उल्लेख गर्नुहोस्।
७बालविवाह किन अनुपयुक्त छ? कारणसहित लेख्नुहोस्।
८संस्कार जीवनका जन्म, विवाह र मृत्यु यी तीन मोडमै किन केन्द्रित हुन्छन्?
९प्रेम विवाह बढ्नुमा विकासका पूर्वाधारको के भूमिका छ?
१०संस्कार जोगाउनु र संस्कारमा सुधार गर्नु विपरीत कुरा हुन्? आफ्नो विचार लेख्नुहोस्।