१वसन्त कविताका कवि को हुन्? यो कस्तो कविता हो?
२वसन्तलाई ऋतुराज किन भनिएको हो?
३अनुष्टुप छन्दका नियम लेख्नुहोस्।
४प्रत्येक पुष्पको रूप, रेखा, रङ्ग अनेक छ, तर सौन्दर्यको ज्योति उनमा भित्र एक छ। यस अंशको व्याख्या गर्नुहोस्।
५यस कविताको मुख्य सन्देश के हो?
६लय मिल्ने शब्द भनेको के हो? उदाहरण दिनुहोस्।
७वाक्य संश्लेषण र विश्लेषण भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
८समस्त शब्द र विग्रह भनेको के हो? पाँच उदाहरण दिनुहोस्।
९पदयोग र पदवियोग भनेको के हो? उदाहरणसहित नियम लेख्नुहोस्।
१०परिकल्पना भनेको के हो? आफ्नै तिन परिकल्पना वाक्य लेख्नुहोस्।