१'जाग जाग' कविता लय मिलाएर कसरी पढ्ने र उन्नतिविषे, देशबन्धुहरू, थैलो, परित्याग, दाँजो, नीद, बितिगयो, नयन शब्दहरू कसरी उच्चारण गर्ने ?
२तलको श्लोक पूरा गर्नुहोस् : देशबन्धुहरू हो ......... जाग । लाग ......... अब लाग ॥ धोऊ धोऊ ......... अब ......... । ......... डरको ......... थैलो ॥
३'जाग जाग' कविताका रचयिता को हुन् ?
४'घोर नीद' भनेको के हो ?
५देश विकास गर्न के परित्याग गर्नुपर्छ ?
६कविले 'देशबन्धु' भनेर कसलाई भनेका हुन् ?
७कविले के के धुने र फाल्ने सन्देश दिएका छन् ?
८'धोऊ धोऊ मनको अब मैलो' भन्ने हरफलाई गद्यमा लेख्नुहोस्।
९'फालिदेऊ डरको अब थैलो' भन्ने हरफलाई गद्यमा लेख्नुहोस्।
१०व्याख्या गर्नुहोस् : देशबन्धुहरू हो उठ जाग । लाग उन्नतिविषे अब लाग ॥
११व्याख्या गर्नुहोस् : हामीहरू पनि लौ अब जागौँ । देश उन्नतिविषे सब लागौँ ॥
१२'जाग जाग' कविताले दिन खोजेको सन्देश के हो, कविताका आधारमा व्याख्या गर्नुहोस्।
१३'जाग जाग' कविताको चौथो श्लोक र दिइएको अनुच्छेद पढेर मिल्ने विषयवस्तु टिपोट गर्नुहोस्।
१४'जाग जाग' कविताको पाँचौँ श्लोकको भाव एक अनुच्छेदमा लेख्नुहोस्।
१५'जे भए पनि भयो अब भैगो । बित्नु हो जति थियो बितिगैगो ॥ खोल लौ नयन खोल न खोल । फालछौ किन ? न फाल न काल ॥' यस श्लोकको आशय एक अनुच्छेदमा लेख्नुहोस्।
१६सामान्यतया आफूभन्दा सानालाई स्नेह प्रकट गर्न के कस्ता शब्द, पदावली वा वाक्य प्रयोग गरिन्छ ?
१७तलका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : नयन, काल, खोल, अति, थैलो।
१८उस्तै अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : धेरै, त्रास, साजी, समय, हृदय, विकास, निद्रा, आँखा, मुलुक, फोहोर।
१९दिइएका शब्दको दुई दुईओटा अर्थ लेख्नुहोस् : काल, पर्व, सार, ताल, हार, कल, तर, कर।
२०जाग, लाग जस्तै अन्य लयात्मक शब्द पाठबाट खोजेर लेख्नुहोस्।
२१कोष्ठकमा दिइएका निर्देशनअनुसार वाक्य पूरा गर्नुहोस् : (क) उनीहरू घर ......... (जा : भूत काल, पूर्ण पक्ष) (ख) म खेल्न ......... (जा : वर्तमान काल, पूर्ण पक्ष) (ग) तिमीले कथा ......... (पढ् : भविष्यत् काल, पूर्ण पक्ष)
२२तलका शब्दलाई श, ष र स प्रयोग भएका छुट्टाछुट्टै समूहमा मिलाउनुहोस् : शिशु, उषा, चस्मा, सलाई, कृषक, शिखर, बाँस, देश, वर्ष, संस्कृति, विष, विषय, भाषण, आषाढ, विश्व, आशा, सहर, पशु, अभ्यास, पुस्तक, सजिलो, भीषण, पाठशाला, ईश्वर।
२३शुद्ध शब्द छानेर लेख्नुहोस् : शाथी/षाथी/साथी, प्रकाश/प्रकाष/प्रकास, भविश्य/भविष्य/भविस्य, शुन/सुन/षुन, पृष्ठ/पृस्ठ/पृश्ठ, शहर/षहर/सहर।
२४उदाहरण हेरी तलका शब्द दोहोर्याएर नयाँ शब्द बनाउनुहोस् : लाग, आफ्नो, बानी, पानी, ठुलो, घर।
२५मानिसको जीवनको कुन काललाई जग निर्माणको उमेर भनिन्छ र किन ?
२६कविताको पहिलो तीन श्लोक र चौथो श्लोकको बोलीमा के फरक छ ? यो फरकले कविताको भावमा के असर पार्छ ?
२७'लाग उन्नतिविषे अब लाग' भन्ने हरफ कविताभरि पटक पटक किन दोहोर्याइएको होला ?
२८'मनको मैलो' र 'डरको थैलो' मा कवितामा कस्तो प्रकारको भाषिक सुन्दरता छ ?
२९'ससानो' र 'रिस रिस' मा दोहोरिने तरिका कसरी फरक छ ?