पाठ ८ · मेरा रहर

मेरा रहर

नेपालीविषय
८ minअनुमानित समय
१भविष्यमा तिमी के बन्छौ भन्ने प्रश्नमा लेखक के जबाफ दिन्छन्?
२लेखकलाई किन कवि, साहित्यकार बन्न मन लाग्छ?
३किसान किन महत्त्वपूर्ण व्यक्ति हो?
४कस्तो व्यक्तिलाई असल व्यक्ति भनिन्छ?
५'अमृतरूपी अन्नबाली किसानको पसिनाका उपज हुन्।' यो भनाइ ठिक हो कि बेठिक?
६'शिक्षकले जीवनको अन्धकार हटाउँछन्।' यो भनाइ ठिक हो कि बेठिक?
७'प्रहरीले बिरामीको हेरचाह गर्छन्।' यो भनाइ ठिक हो कि बेठिक?
८'स्वस्थ हुन समाजसेवा गर्नुपर्छ।' यो भनाइ ठिक हो कि बेठिक?
९'राजनीतिमा लाग्ने सबै मानिस भ्रष्टाचारी हुँदैनन्।' यो भनाइ ठिक हो कि बेठिक?
१०'मेरा रहर' निबन्धसँग जोडिएका दशओटा समस्त शब्द टिप्नुहोस्।
११तल दिइएका पारिभाषिक शब्द वाक्यमा प्रयोग गर्नुहोस् : दूरसञ्चार, निकुञ्ज, रेखाचित्र, जीवाणु, महामारी, शिलान्यास, तारापुञ्ज।
१२दिइएको निर्देशनअनुसार वाक्य पूरा गर्नुहोस् : उनीहरू क्रिकेट ......... (खेल्, भूत, अपूर्ण पक्ष), साथीहरू खेल्न ......... (जा, वर्तमान, अपूर्ण पक्ष), तिमीहरू घर ......... (आउ, भविष्यत्, अपूर्ण पक्ष), त्यो राम्ररी ......... (पढ्, वर्तमान, अपूर्ण पक्ष), भाइ गीत ......... (गाउ, भूत, अपूर्ण पक्ष)।
१३क्ष, छ, छे र छ्य लागेका शब्दहरू टिप्नुहोस्।
१४निरन्तर प्रयासबारेको अनुच्छेदबाट चारओटा प्रश्न बनाई आफैँ उत्तर दिनुहोस्।
१५'मेरो जीवनको लक्ष्य' शीर्षकमा १५० शब्दसम्मको निबन्ध तयार पार्नुहोस्।
१६आफ्नो गाउँ वा टोलमा फरक फरक पेसा गर्ने तीन जनालाई भेटेर के के सोध्नुपर्छ?
१७लेखकले आफ्नो जबाफलाई बादलसँग किन तुलना गरेका होलान्?
१८शिक्षकलाई नाविकसँग किन जोडिएको हो?
१९स्वास्थ्यकर्मीप्रतिको सम्मान निबन्धमा कसरी व्यक्त भएको छ?
२०निबन्धको शीर्षक 'मेरा रहर' किन बहुवचनमा राखिएको होला?