१मानिसले सम्पत्तिबाट के के कुरा प्राप्त गर्न सक्छ ?
२जीवनको सबैभन्दा ठुलो आशीर्वाद के हो ?
३आफूले चाहेजस्तो जीवन जिउन के चाहिन्छ होला ?
४'वादविवाद' र 'स्वतन्त्रता' शब्दको अर्थ भन्नुहोस्।
५वादविवाद कार्यक्रम कहाँ भइरहेको छ ?
६वादविवाद कार्यक्रमको उद्घोषकको नाम के हो ?
७निर्णायक मण्डलमा को को रहनुभएको छ ?
८रुकु चौधरी कुन भूमिकामा छिन् ?
९वक्ताहरूलाई बोल्न कति समय दिइएको छ ?
१०वादविवादको विषय के हो ?
११विपक्षमा बोल्ने वक्ताहरूको नाम भन्नुहोस्।
१२कार्यक्रमको समापन कसरी भयो ?
१३'आफूसँग स्वस्थ शरीर छैन भने सारा वैभवको के काम ?' यो भनाइ कुन वक्ताको हो ?
१४'समयपालकका रूपमा ६ कक्षाकी छात्रा रुकु चौधरी रहेकी छिन्।' यो भनाइ कसको हो ?
१५'देशमा आपतकाल आएका बेलामा म स्वस्थ छु, मेरो स्वास्थ्य प्रयोग गर भनेर मात्र आपतकाल टर्दैन।' यो भनाइ कसको हो ?
१६'किन टन्टलापुर घाममा मान्छे पोलिन्छन् ? किन खतरनाक सुरुङभित्र मान्छे पसेर काममा जोतिन्छन् ?' यो भनाइ कसको हो ?
१७'भनाइ नै छ, सम्पत्तिले कसैलाई डकार आउँदैन।' यो भनाइ कसको हो ?
१८पक्षको मन्तव्यबाट पाँचओटा बुँदा टिप्नुहोस्।
१९वादविवाद प्रतियोगितामा सहभागी हुने वक्ताले पालन गर्नुपर्ने नियमहरू के के हुन् ?
२०'स्वस्थ शरीर जीवनको सबैभन्दा ठुलो आशीर्वाद हो' कसरी ?
२१देवकोटाले धनलाई किन हातको मैला भनेका हुन् ?
२२मानिसले किन सम्पत्ति कमाउन चाहन्छन् ?
२३सम्पत्तिले के के गर्न सकिन्छ ?
२४विज्ञानका कारण मानिसले के के गर्न सफल भएको छ ? अनुच्छेदको सारांश लेख्नुहोस्।
२५'सम्पत्ति साधन हो, स्वास्थ्य साध्य हो' भन्नुको अर्थ आफ्नै शब्दमा लेख्नुहोस्।
२६तलका क्रियापदलाई भविष्यत् कालबाट वर्तमान र भूत कालमा बदल्नुहोस् : बस्ने छन्, आउने छौ, बोक्ने छिन्।
२७निर्देशनअनुसार वाक्य पुरा गर्नुहोस् : (क) हामी कथा ......... (पढ् : भविष्यत् काल) (ख) तैँले खेल ......... (जित् : भूत काल) (ग) बहिनी खेल्न ......... (जा : वर्तमान काल) (घ) उहाँले प्रगति ......... (गर् : भूत काल) (ङ) त्यो यतैतिर ......... (आउ : वर्तमान काल)
२८वादविवादमा नियम किन चाहिन्छ ? दुई कारण लेख्नुहोस्।