१मालाखर्क गाउँ कस्तो थियो?
२त्यस गाउँमा घरका छाना केले छाएका थिए?
३त्यो गाउँको मेलमिलाप कस्तो थियो?
४वल्लोपल्लो घर के कारण दिक्दार मान्थे?
५मालिका र गरिमाबिचको मेल कस्तो थियो?
६कथामा भएका पुरुष र महिला पात्रका बारेमा एक एक वाक्य लेख्नुहोस्।
७गरिमा र मालिकाका परिवारबिच किन झगडा भयो?
८गरिमा र मालिका एक्लाएक्लै विद्यालय जानुको मुख्य कारण के हो?
९मालिकाका आमाबुबाले किन पछुतो मानेका होलान्?
१०कुलानन्दले गरिमा र मालिकाका आमाबुबालाई कस्तो अर्ती दिए?
११"केटाकेटी भनेका साँच्चै निर्दोष हुँदा रहेछन्।" यस भनाइलाई पुष्टि गर्नुहोस्।
१२गरिमा र मालिकाका विद्यालयमा भएका कार्यक्रमको सूची बनाउनुहोस्।
१३यस कथाको शीर्षक 'चम्किला अनुहारहरू' राख्नु कत्तिको सान्दर्भिक छ?
१४भाव विस्तार गर्नुहोस् : एकै ठाउँ भएपछि कहिलेकाहीँ भाँडा पनि बज्छन्।
१५भाव विस्तार गर्नुहोस् : तिललाई पहाड बनाउनेहरूले जेसुकै भनून् तर हामी उनीहरूको कहिल्यै नराम्रो सोच्नै सक्दैनौँ।
१६गरिमा र मालिकाका परिवारमा भएको झगडा कसरी अन्त्य भयो, कथाका आधारमा लेख्नुहोस्।
१७गरिमा र मालिकाको मिलाप नभएको भए उनीहरूका आमाबुबाको झगडा अन्त्य हुन्थ्यो कि हुँदैनथ्यो होला, तार्किक उत्तर दिनुहोस्।
१८तपाईंको टोलछिमेकमा विभिन्न जातजाति, भाषाभाषी र धर्मसंस्कृतिका मानिस बस्छन्। तिनीहरूबिच कसरी सामाजिक सद्भाव बढाउन सकिन्छ, लेख्नुहोस्।
१९कोष्ठकबाट मिल्दो शब्द छानी खाली ठाउँ भर्नुहोस् : (क) म त विद्यालय ....... लागेँ। (तिर/तीर) (ख) तिमी पूर्व ....... जाऊ। (दिसा/दिशा) (ग) मानिसका प्रत्येक ....... मा रगत बग्छ। (नशा/नसा) (घ) मैले आकाशमा ....... देखेँ। (जुन/जून) (ङ) उनीहरू पछाडि ....... खेल्न गए। (पट्टि/पट्टी)
२०तलका क्रियापदबाट धातु छुट्ट्याएर लेख्नुहोस् : खायो, जान्छ, भन्छ, दिए, पढ्छ, बोल्छ, हेर्छ, कुद्छ, सुत्छ, उठ्छ, गयो।
२१कथामा प्रयोग भएका सखाप, हर्जाना र ऐँचोपैँचो शब्दको अर्थ लेखी प्रत्येकलाई वाक्यमा प्रयोग गर्नुहोस्।
२२मालिकाका बुबाले गाईलाई ठेउकाले हान्नुको सट्टा के गर्न सक्थे? आफ्नो विचार लेख्नुहोस्।
२३कथामा गाईको नोक्सानलाई भन्दा सम्बन्धको नोक्सानलाई ठुलो देखाइएको छ। कसरी?
२४तलका धातुबाट क्रियापद बनाई वाक्यमा प्रयोग गर्नुहोस् : बोल्, सुन्, हेर्, जित्, हार्, घुम्।